काठमाडौँ : नवसंवत्सर २०७९ को पहिलो सूर्यग्रहण बैशाख १७ गते लाग्दैछ। यो आंशिक सूर्यग्रहण हुनेछ, जुन नेपालबाट नदेखिने भएकोले सूतककाल मान्य हुनेछैन्। हिन्दु पञ्चाङ्ग अनुसार बैशाख १७ गते बैशाख कृष्णपक्षको औँसी तिथि र शनिबारको संयोग बनेको छ। जसकारण यस दिन शनिश्चरी औँसी मनाइन्छ। ग्रहहरूको स्थितिका कारण सूर्यग्रहण र शनिश्चरी औँसीको दिन केही राशिका जातकले विशेष सावधानी अपनाउनुपर्छ।
पञ्चाङ्ग अनुसार १७ गते बैशाख कृष्णपक्षको औँसी छ। यस दिन औँसीको दिन शनिबार परेकोले शनिश्चरी औँसीको योग बन्नेछ। शनिश्चरी औँसीको दिन पवित्र नदीमा स्नान, दान र तप गर्ने सनातन परम्परा रहँदै आएको छ। यसो गर्नाले पुण्य प्राप्ति हुने मान्यता छ। औँसी तिथिमा पितृका लागि श्राद्ध पनि गरिन्छ। शनि अमावस्याको दिन शनिदेवको पूजा पनि गरिन्छ। यस दिन शनिदेवको पूजा गर्नाले शनिको साढेसाती र शनि ढैय्याबाट पीडित व्यक्तिहरुले राहत पाउनेछन्।
यी राशिका मानिसहरु सावधान रहनुहोस् : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सूर्यग्रहण मेष राशिमा लाग्नेछ। त्यसैले मेष राशिका मानिसहरुमा सूर्यग्रहणको प्रभाव बढी पर्नेछ। यो ग्रहणको समयमा यात्रा नगर्नुहोस् र सावधान रहनुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिमा चन्द्रमाको आधिपत्य हुन्छ। यतिबेला चन्द्रमा मेषमा राहुसँग रहनेछ। यस्तो स्थितिले कर्कट राशिका मानिसहरुलाई मानसिक तनावको शिकार बनाउन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका व्यक्तिहरूलाई सूर्यग्रहणको नराम्रो प्रभाव पर्नेछ। त्यसैले यो समयमा धैर्यता राख्न आवश्यक छ।