बैशाख ३० गते वर्षको पहिलो सूर्य ग्रहण लाग्दैछ । त्यसको ठिक १५ दिनपछि चन्द्र ग्रहण लाग्ने भएको छ । यस ग्रहणलाई यो पूर्ण चन्द्रग्रहण हुनेछ। यो दक्षिणपश्चिम युरोप, अफ्रिका, उत्तरी अमेरिका, दक्षिणपश्चिम एशिया, दक्षिण अमेरिका, प्रशान्त महासागर, हिन्द महासागर, एट्ला:न्टिक र अन्टार्क:टिकामा देखिनेछ।
यस ग्रहणको प्रभाव नेपालमा नदेखिने भए पनि ग्रहणको प्रभाव १२ राशिमा नै पर्ने भएको छ । तर यस चन्द्रग्रहणको कारण ३ राशिका लागि सबैभन्दा शुभ साबित हुने भएको छ, कुन -कुन ?
मेष राशि
चन्द्रग्रहणको समयमा मेष राशिका लागि शुभ साबित हुने भएको छ। यस राशिका व्यापार संलग्न व्यक्तिले राम्रो नाफाको अपेक्षा गर्नेछन् । कार्यस्थलमा पदोन्नतिको पनि प्रबल सम्भावना छ । अचल सम्पतिमा लगानीका लागि पनि समय उपयुक्त छ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ। यस समयमा हतारमा कुनै पनि निर्णय गर्नबाट जोगिनुहोला ।
सिंह राशि
यस राशिका मानिसहरुमा चन्द्रग्रहणको शुभ प्रभाव पर्ने भएको छ । चन्द्र ग्रहणको प्रभाबक कारण सिंह राशिका व्यक्तिको आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ । वरिष्ठ अधिकारीहरु सँगको सम्बन्ध सुमधुर हुनेछ। आम्दानी बढ्ने सम्भावना छ । लगानीबाट पनि लाभ लिन सकिनेछ । लामो दुरीको यात्रा फलदायी साबित हुनेछ। कार्य स्थलमा जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ ।
धनु राशि
धनु राशिका लागि ग्रहण शुभ साबित हुने भएको छ। जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ । आम्दानीको स्रोत बढ्नेछ । फसेको धन फिर्ता हुनसक्छ । पुरानो रोगबाट मुक्ति मिल्ने सम्भावना छ । कुनै पनि निर्णय गर्नुअघि घरका अग्रज व्यक्तिहरूको राय लिनु शुभ हुनेछ ।