अबको ३ दिनमा यी राशिको भाग्य पल्टिदै, जान्नुहोस् तपाइमा शनिको प्रभाव ?

ज्योतिष शास्त्रका अनुसार शनि ग्रह सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो। यस ग्रहले साढे दुई वर्षमा राशि परिवर्तन गर्छन्। सन् २०२१ मा शनिको स्थितिमा कुनै परिवर्तन भएको छैन र अब २९ अप्रिलमा शनि आफ्नो राशि परिवर्तन गर्दैछ । शनिको यो राशि परिवर्तन ३ राशिका व्यक्तिका लागि निकै शुभ रहनेछ । अर्कोतर्फ, शनिको साढे साती र दशा केही राशिका लागि सुरु हुनेछ, जसले उनीहरुलाई लागि कठिन समय ल्याउनेछ।

मेष राशि

अप्रिल २९ तारिकमा शनिको कुम्भ राशिमा प्रवेशले मेष राशिलाई धेरै लाभ दिनेछ। मनोकामना पूरा हुनेछ, शनिदेवको कृपाले धेरै धन प्राप्त हुनेछ। पेसा–व्यवसायमा प्रगति हुनेछ, पदोन्नतिको पूर्ण सम्भावना छ । व्यवसायीको नाफा बढ्नेछ। समग्रमा समयले सबै क्षेत्रमा लाभ दिनेछ।

वृष राशि 

शनिले राशि परिवर्तन गरे लगत्तै वृष राशि हुने हरुको भाग्य बदलिनेछ । बेरोजगारले रोजगारी पाउनेछन् । जागिर परिवर्तन गर्न चाहनेहरूले आफ्नो मन पर्ने काम पाउनेछन्। आम्दानीमा ठूलो वृद्धि हुनेछ । वृष राशिका मानिसहरु व्यापार क्षेत्रबाट यो समयमा धेरै फाइदा लिनेछन् । यदि  नयाँ व्यवसाय सुरु गर्न चाहन्छन् भने यो अत्यन्तै शुभ रहेको छ  ।

धनु राशि 

धनु राशिका व्यक्तिहरूलाई शनिको दशाबाट मुक्ति मिल्नेछ र उनीहरूका लागि ठूलो राहत साबित हुनेछ। साढे सती हट्ने बित्तिकै जीवनका सबै क्षेत्रमा शुभ फल आउन थाल्छ। सबै बाधाहरू हट्नेछन्, स्वास्थ्य राम्रो रहनेछ। ग:_म्भीर रोगले पिडितहरुलाई पनि राहत मिल्नेछ । आर्थिक अवस्था राम्रो रहनेछ र कतिपयलाई प्रशस्त धन लाभ हुनेछ ।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको एक महिना यी राशिमा हुनेछ धनको देवता कुबेरको विशेष कृपा, मिल्नेछ अपार धन !