निकै सुन्दर छिन् ‘केजीएफ २’ की अभिनेत्री श्रीनिधि, सुन्दरतामा बलिउड अभिनेत्रीलाई पछि पर्छन् !

अहिले दक्षिण भारतको चर्चित अभिनेता यश अभिनीत चर्चित चलचित्र ‘केजीएफ २’ ले बक्स अफिसमा राम्रो कमाई गर्यो । यस फिल्ममा अभिनेत्री श्रीनिधि शेट्टीले यशकी प्रेमिका रीनाको भूमिका निभाएकी छिन्, अहिले अभिनेता यशसँगै अभिनेत्री श्रीनिधिको पनि निकै चर्चा भइरहेको छ । अभिनेत्री श्रीनिधि सुन्दरताको मामिलामा बलिउड सुन्दरीहरूलाई पनि पछि पार्छिन् । हेर्नुहोस् श्रीनिधिले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर…

‘केजीएफ च्याप्टर १’ श्रीनिधि शेट्टीको डेब्यु फिल्म थियो। यसपछि उनी ‘केजीएफ च्याप्टर २’ मा देखिएकी थिइन् ।

श्रीनिधि कर्नाटककी हुन् र फिल्ममा आउनुअघि मोडलिङ गर्थिन् । उनी धेरै सौन्दर्य प्रतियोगितामा सहभागी भएकी छिन् ।

अभिनेत्रीले सन् २०१६ मा ‘मिस दिवा सुपर:-नेसनल’को उपाधि जितेकी थिइन् । त्यसपछि उनी ‘मिस सुपर:-नेशनल’ पनि भइन् । यो उपाधि जित्ने श्रीनिधि दोस्रो भारतीय मोडल हुन् ।

श्रीनिधि शेट्टी रियल लाइफमा निकै सुन्दर छिन् र उनको तस्बिरहरु प्रायः सोशल मिडियामा भाइरल हुन्छन्।

बलिउड सुन्दरी पनि अभिनेत्री श्रीनिधिको गाडी फिक्क लाग्दछन् । श्रीनिधि शेट्टी अब फिल्म ‘कोबरा’ मा देखिने छिन्, जसमा उनको जोडीको रुपमा  सुपरस्टार विक्रम देखिने  छन् ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जलपरी बनिन् अभिनेत्री प्रियंकाको छोरी, हेर्नुहोस् तस्बिर सहित !