विवाह पहिले जान्नुहोस् चाणक्य यी ५ कुरा, यस्ता मानिससँग भुलेर पनि नगर्नुहोस् विवाह !

आजको समयमा पनि मानिसहरु आचार्य चाणक्यको नियमको पालना गर्छन् । आचार्य चाणक्यको नीतिमा चल्ने मानिस जीवनमा कहिले पनि असफल नहुने मान्यता रहेको छ । आचार्य चाणक्यले आफ्नो नीतिमा विभिन्न उपायको बारेमा बताएका छन् । आचार्य चाणक्यले विवाहको बारेमा केही कुरा आफ्नो नीतिमा बताएका छन् । चाणक्यका अनुसार वैवाहिक जीवनमा यस्ता केही कुराको पालन गर्नाले दाम्पत्य जीवन सुखमय हुन्छ ।

धैर्य गर्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुन सक्दैन। आचार्य चाणक्यका अनुसार धैर्य वान मानिससँग विवाह गर्दा भाग्य परिवर्तन हुन्छ । जीवनमा धैर्यता हुनु अति आवश्यक छ। धैर्य नभएको मान्छेसँग विवाह गर्नु हुदैन । त्यस्तै यस्तो सन्तोकी व्यक्तिसँग विवाह गर्दा भाग्य परिवर्तन हुन्छ । असन्तुष्ट व्यक्तिसँग विवाह गर्नु हुँदैन ।

आचार्य चाणक्यका अनुसार मानिसले सधैँ मिठा शब्द बोल्नुपर्छ । मिठो बोली बोल्ने मान्छेसँग बिहे गर्दा भाग्य बदलिन्छ । यस्तो व्यक्तिको कारण घरको वातावरण सधैँ खुसी रहन्छ। गालीगलौज गर्ने व्यक्तिसँग भुलेर पनि विवाह गर्नु हुँदैन।

क्रोध व्यक्तिको सबैभन्दा ठूलो शत्रु हो। आचार्य चाणक्यका अनुसार क्रोधित नहुने व्यक्तिसँग विवाह गर्दा भाग्य परिवर्तन हुन्छ । भगवानको यस्ता मानिस भएको घरमा सधैँ बास हुन्छ । जहाँ क्रोधित मानिस हुँदैनन्। जहाँ भगवानको बास हुन्छ, त्यहाँ कुनै प्रकारको समस्या आउन सक्दैन। त्यसैले क्रोधित व्यक्तिसँग विवाह गर्दा दाम्पत्य जीवनमा समस्या आउँछ।

आचार्य चाणक्यका अनुसार धार्मिक विचार भएका व्यक्तिसँग विवाह गर्दा सौभाग्य प्राप्त हुन्छ । जुन घरमा नियमित पूजा-पाठ हुन्छ, त्यहाँ भगवानको वास हुन्छ। त्यस्ता घरहरूमा कुनै समस्या हुँदैन । त्यसैले धर्मविहीन व्यक्तिसँग विवाह गर्नु हुँदैन ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पतिको भाग्यको ताला खोल्छन् ३ राशिका युवतीले, बिहेपछि ‘दिन दोगुणा रात चौगुणा’ प्रगति गर्छन्