पतिको भाग्यको ताला खोल्छन् ३ राशिका युवतीले, बिहेपछि ‘दिन दोगुणा रात चौगुणा’ प्रगति गर्छन्

काठमाडौँ : हामी नेपालीहरु ज्योतिष शास्त्रमा धेरै विश्वास गर्छौँ। ज्योतिष शास्त्रको माध्यमबाट नै हामीहरुले आफ्नो भविष्यबारे थाहा पाउन सक्छौँ। ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। यी सबै राशिका आ-आफ्नै विशेषता छन्। यस मार्फत हामी कसैको भविष्य मात्र नभई उसको व्यक्तित्वसँग सम्बन्धित रहस्यहरू पनि जान्न सक्छौँ। आज हामी ती राशिका बारेमा बताउँछौँ, जो जन्मजात नै निकै भाग्यमानी हुन्छन्।

आज हामी ३ राशिका युवतीहरुका बारेमा चर्चा गर्नेछौँ, जो अत्यन्तै सौभाग्‍यशाली हुन्छन्। यी राशिका युवतीसँग विवाह गर्ने पतिको भाग्य पनि चम्किन् थाल्छ। तिनको करियरमा प्रगति हुनेछ। घरमा सधैं सुख-समृद्धि छाइरहन्छ। घर स्वर्ग बन्छ। ज्योतिष शास्त्र अनुसार कुन राशिका युवतीहरु सबैभन्दा भाग्यमानी हुन्छन् ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका युवतीहरु निकै भाग्यमानी हुन्छन्। यिनीहरु कडा परिश्रम गर्न अलिकति पनि डराउँदैनन्। यिनको स्वभाव विनम्र र शान्त हुन्छ। यिनीहरु बुद्धिमान पनि हुन्छन्। कामप्रति इमान्दार हुन्छन्। यिनले आफ्नो श्रीमान्को साथ कहिल्यै छाड्दैनन्। पतिलाई उसको लक्ष्य हासिल गर्न मद्दत गर्छन्। यिनको साथ, सहयोग र भाग्यले पतिले जीवनमा धेरै प्रगति गर्छन्। यिनीहरु आफ्नो क्षेत्रमा शीर्ष स्थानमा रहन्छन्। यिनीहरु कहिल्यै हार मान्दैनन्। आधुनिक सोच राख्छन्। सबैलाई साथमा लिएर अगाडी बढ्न चाहन्छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका युवतीहरु जन्मदेखि नै भाग्यमानी हुन्छन्। यिनको सबैभन्दा बलियो हुन्छ। माइतमा हुँदाखेरीसम्म यिनले त्यहाँका परिवारका सदस्यको भाग्य चम्काउँछन्। घरपट्टि पनि आफ्नो सौभाग्यको प्रकाशले सबैको जीवनलाई उज्यालो पार्छिन्। यिनीहरु आफैँ पनि जीवनमा सफल हुन्छन्। यसका साथै पतिको भाग्यको ताला पनि खोल्छिन्। यिनीहरुसँग बिहे गर्ने पतिले ‘दिन दोगुणा रात चौगुणा’ गर्छन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका युवतीहरुलाई भाग्यले सधैँभरी साथ दिन्छ। यिनले जुनसुकै क्षेत्रमा हात हाले पनि सफलता पाउँछन्। यिनीहरु सङ्कटहरु देखी अलिकति पनि विचलित हुँदैनन्। यिनीहरु समस्याहरुको डटेर सामना गर्छन्। यिनीहरु पूरै परिवारलाई आफूसँग लिएर अगाडी बढ्छन्। यिनीहरु दूरदर्शी स्वभावका हुन्छन्। यिनीहरु मानिसहरूलाई राम्रो सल्लाह दिन्छन्। घरलाई स्वर्ग बनाउँछन्। यिनीहरुसँग विवाह गर्ने पतिको मात्र हैन सम्पूर्ण परिवारकै भाग्य चम्किन्छ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अत्यन्तै चतुर हुन्छन् यी ३ राशिका मानिस, सानै उमेर प्राप्त गर्छन् सफलता!