विवाहअघि यी ५ कुरा थाहा पाइराख्नुहोस्, यस्ता व्यक्तिसँग भूलेर पनि विवाह गर्नुहोस्

काठमाडौँ : चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान विद्वान हुन्। अहिले पनि मानिसहरु आचार्य चाणक्यका नीतिहरुलाई पालना गर्छन्। आचार्य चाणक्यको नीतिमा चल्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुन् सक्दैनन्। आचार्य चाणक्यको नीति पालना गरेर महान सम्राट चन्द्रगुप्त मौर्य राजा बनेका हुन्। आचार्य चाणक्यले पनि विवाहको बारेमा केही कुराहरु बताएका छन्। यी कुराहरु पालन गर्नेहरुको दाम्पत्य जीवन सुखमय हुन्छ। आचार्य चाणक्यले विवाहका बारेमा के भनेका छन् त ? जान्नुहोस्।

१. धैर्य गर्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुन सक्दैनन्। आचार्य चाणक्यका अनुसार धैर्यवान् व्यक्तिसँग विवाह गर्दा भाग्य परिवर्तन हुन्छ। जीवनमा धैर्य हुनु अत्यावश्यक छ। धैर्य नभएको मान्छेसँग बिहे गर्नुहुँदैन्।

२. आचार्य चाणक्य अनुसार सन्तुष्ट व्यक्तिसँग विवाह गर्दा भाग्योदय हुन्छ। यस्ता व्यक्तिले हरेक परिस्थितिमा आफ्नो जीवनसाथीलाई साथ दिन्छन्। असन्तुष्ट व्यक्तिसँग विवाह गर्नुहुँदैन्।

३. आचार्य चाणक्य अनुसार मानिसले सधैँ मिठो बोली बोल्नुपर्छ। मृदुभाषी व्यक्तिसँग विवाह गर्दा भाग्य बदलिन्छ। यस्ता व्यक्तिका कारण घरको माहोल सुखमय रहन्छ। अपशब्द या कटुवचन बोल्ने व्यक्तिसँग विवाह नगरेकै उचित हुनेछ।

४. क्रोध व्यक्तिको सबैभन्दा ठूलो शत्रु हो। आचार्य चाणक्यका अनुसार क्रोधित नहुने व्यक्तिसँग विवाह गर्दा भाग्य परिवर्तन हुन्छ। शान्त र क्रोधित नहुने घरमा भगवानले बास गर्छन्। जहाँ भगवानको बास हुन्छ, त्यहाँ कुनै प्रकारको समस्या आउन सक्दैन्। क्रोधित व्यक्तिसँग विवाह गर्दा दाम्पत्य जीवनमा समस्या आउँछ।

५. आचार्य चाणक्यका अनुसार धार्मिक विचार भएका व्यक्तिसँग विवाह गर्दा भाग्योदय हुन्छ। जुन घरमा नियमित पूजा-पाठ हुन्छ, त्यहाँ भगवानको बास हुन्छ। त्यस्ता घरहरूमा कुनै प्रकारको समस्या आउँदैन्। धार्मिक रुचि नभएको व्यक्तिसँग विवाह नगरेकै उत्तम हुनेछ।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ दिनको फरकमा लाग्दैछ दुई ग्रहण, ३ राशिका लागि अत्यन्तै लाभदायी