काठमाडौँ : ज्योतीषीय र वैज्ञानिक दुवै दृष्टिकोणबाट ग्रहणलाई निकै महत्त्वपूर्ण घटना मानिन्छ। यो वर्ष बैशाख १७ गते(३० अप्रिल सन् २०२२) शनिबार सूर्यग्रहण लाग्दैछ भने त्यसको १५ दिनपछि जेठ १ गते(१५ मे सन् २०२२) आइतबार चन्द्रग्रहण लाग्दैछ। यी दुवै ग्रहण नेपालबाट भने देखिनेछैन्।
सामान्यतया: ग्रहणलाई अशुभ समय या दुर्घटनासँग जोडेर हेरिन्छ। तर ज्योतिषविद्हरुका अनुसार केही राशिका मानिसहरुलाई ग्रहण मङ्गलदायी पनि साबित हुन् सक्छ। आउँदो ग्रहण कुन-कुन राशिका लागि शुभ होला त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
१५ दिनको अन्तरालमा लाग्ने दुई ठूला ग्रहणले मेष राशिलाई शुभ फल प्रदान गर्नेछ। नोकरी-व्यवसायमा उन्नतिको अवसर मिल्नेछ। व्यवसायीले मनग्य मुनाफा कमाउनेछन्। कुनै नयाँ काम सुरु गर्ने विचार बनाउँदै हुनुहुन्छ भने त्यसले भविष्यमा राम्रो नतिजा दिनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सूर्यग्रहण र चन्द्रग्रहणले सिंह राशिका जातकमा व्यापक प्रभाव पार्नेछ। आर्थिक अवस्थामा सुधार आउनेछ। कार्यस्थलमा पदोन्नतिको अवसर मिल्नेछ। आम्दानीका स्रोत बढ्नेछन् र लगानीबाट लाभ मिल्नेछ। छोटो दूरीका यात्रा हुन् सक्छ। लामो समयदेखि ऋण वा खर्चका कारण समस्यामा परेकालाई पनि राहत मिल्ने छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यी दुवै ग्रहण धनु राशिका लागि शुभ मानिन्छ। यस समयमा काम र व्यापारमा राम्रो अवसर मिल्नेछ। आर्थिक अभाव समाप्त हुनेछ। आर्थिक रूपमा प्रबल महसुस गर्नुहुनेछ। सुर्य र चन्द्र ग्रहणको समयमा तपाईंको रोकिएको काम पूरा हुन सक्छ।