शुक्र गोचर : प्रेम-पैसा-रोमान्सले भरिनेछ यी ३ राशिका जीवन, शुक्रदेवले ल्याउनेछ खुशीको बहार

काठमाडौँ : प्रेम, रोमान्स, सुख र सौन्दर्यको कारक ग्रह हो शुक्र। शुक्रले राशि परिवर्तन गर्दा त्यसको शुभ-अशुभ प्रभाव सबै १२ वटै राशिहरुका जीवनमा पर्छ। बैशाख १४ गते(२७ अप्रिल) बुधबार शुक्र ग्रहले राशि परिवर्तन गर्दैछ। यसको प्रभाव सबै राशिका मानिसमा फरक फरक पर्नेछ। तर ३ राशिका जातकमा शुक्र ग्रहको राशि परिवर्तनको सकारात्मक प्रभाव पर्नेछ। उनीहरुले योग्य प्रेमी-प्रेमिका पाउनेछन्, विवाह हुन् सक्छ र अथाह धन प्राप्त गर्नेछन्।

मीन राशिमा शुक्रको गोचर

अहिले शुक्र देव कुम्भ राशिमा विराजमान छ। बैशाख १४ गते बुधबार शुक्रदेव मीन राशिमा गोचर गर्नेछ। शुक्रको गोचर साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ। यो गोचर ३ राशिका जातकका लागि अत्यन्तै शुभ रहनेछ र तिनीहरुका जीवनमा धेरै खुशीयाली ल्याउनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शुक्र ग्रहको राशि परिवर्तनले वृष राशिका लागि सुखद् दिन ल्याउनेछ। उनीहरुको आय बढ्नेछ। धन लाभ हुनेछ। रोकिएको धन प्राप्त हुने प्रबल सम्भावना छ। यसबाहेक यो समय जागिर र व्यापारको लागि पनि राम्रो रहनेछ। मनले चाहेको काम पाउनुहुनेछ। बढुवा हुन् सक्छ। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। प्रेमी-प्रेमिकाबाट भरपूर माया पाउनुहुनेछ। विवाहित व्यक्तिहरुको सम्बन्ध सुमधुर रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि शुक्रको राशि परिवर्तनले धेरै सौगात ल्याउनेछ। यो समयले करियरमा सुधार ल्याउनेछ। कार्यस्थलमा मान-सम्मान मिल्नेछ। बढुवा हुन् सक्छ। पहिले गरेको मिहिनेतको फल पुरस्कारको रुपमा पाउनुहुनेछ। व्यवसायीलाई लाभ मिल्नेछ। विदेशबाट लाभ मिल्ने सम्भावना छ। विगतमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। जीवनमा रोमान्स बढ्नेछ, पार्टनरसँगको सम्बन्ध राम्रो हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातकका लागि शुक्रको गोचर भाग्यशाली साबित हुनेछ। उनीहरुले सबै काममा सफलता हासिल गर्नेछन्। कार्यस्थलमा राम्रो वातावरण रहनेछ। बढुवा-तलब वृद्धि या कुनै पुरस्कार प्राप्त हुने सम्भावना छ। लामो दुरीको यात्राको अवसर जुर्न सक्छ। घरजग्गा खरिद-बिक्रीका लागि समय अनुकूल रहेको छ। जीवनमा सुख-सुविधाको वृद्धिले तपाईलाई खुशी र आराम दिनेछ। व्यक्तिगत जीवन सुखमय रहनेछ। अविवाहितले जीवनसाथी पाउनेछन्।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१५:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहअघि यी ५ कुरा थाहा पाइराख्नुहोस्, यस्ता व्यक्तिसँग भूलेर पनि विवाह गर्नुहोस्