५० वर्षपछि ग्रहहरुको मिलनमा बन्दै महासंयोग: गर्नुहोस् यस्ता कार्य, मिल्नेछ अत्यन्तै शुभ फल !

वैशाख शुक्ल पक्षको तृतीयालाई अक्षय तृतीया भनिन्छ। अक्षयको अर्थ त्यो हो जो क्षय हुँदैन। हिन्दू धर्ममा अक्षय तृतीयालाई निकै शुभ मानिन्छ। यस दिन विवाह, गृहप्रवेश, नयाँ घर तथा सवारी साधन खरिदका लागि शुभ मुहूर्त मानिन्छ। अर्थात् यस दिन कुनै पनि शुभ कार्य मुहूर्त नलिइकन गर्न सकिन्छ।

यो दिन शुभ कार्यका लागि शुभ मानिन्छ। यस वर्ष अक्षय तृतीया वैशाख २० गते मनाइँदैछ, जुन निकै विशेष हुनेछ। यसपटक अक्षय तृतीयाको दिन विशेष संयोग बनिरहेको छ, जुन अत्यन्त शुभ रहेको छ।

५० वर्षपछि बन्दैछ यस्तो महासंयोग 

यसपटक अक्षय तृतीया मंगल रोहिणी नक्षत्रको शोभन योगमा मनाइनेछ। यस्तो शुभ योग अक्षय तृतीया ३० वर्षपछि मनाउने संयोग बनेको छ भने ५० वर्षपछि यस दिन ग्रहहरूको स्थिति पनि विशेष हुने भएको छ।

अक्षय तृतीयाका दिन चन्द्रमा आफ्नो उच्च राशिमा वृष राशिमा र शुक्र पनि आफ्नो उच्च राशि मीन राशिमा रहनेछ। यस बाहेक शनि आफ्नो राशि कुम्भ राशिमा र देवगुरु बृहस्पति आफ्नै राशि मीनमा रहनेछन्। अर्थात् ४ ग्रह अनुकूल स्थितिमा हुनु अति विशेष र शुभ हुन्छ। यी शुभ संयोगमा कुनै शुभ वा मंगल कार्य गर्नाले धेरै राम्रो फल मिल्छ।

अक्षय तृतीयाको दिन दान गर्नुहोस् 

ग्रह र नक्षत्रको यस्तो शुभ स्थितिका कारण अक्षय तृतीयाको दिन दान गर्दा धेरै पुण्य प्राप्त हुन्छ। यसका साथसाथै जीवनका विभिन्न क्षेत्रमा शुभ फल मिल्नेछ। अक्षय तृतीयाको दिन पानीले भरिएको कलशमा फलफूल राखेर दान गर्नु निकै शुभ मानिन्छ। यसका लागि २ कलश दान गर्नुपर्छ।

एउटा पितृको नाममा र अर्को भगवान विष्णुको नाममा दान गर्नुपर्छ। यसो गर्नाले पितृ र भगवान विष्णु दुवै प्रसन्न हुन्छन् र घरमा सुख शान्ति रहन्छ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खलबली मच्चिनेछ आउने ८ दिन : ३ गोचर, शनिश्चरी औँसीमा सूर्यग्रहणले ल्याउनेछ ठूलो हलचल