खलबली मच्चिनेछ आउने ८ दिन : ३ गोचर, शनिश्चरी औँसीमा सूर्यग्रहणले ल्याउनेछ ठूलो हलचल

काठमाडौँ : अप्रिल महिनाको अन्तिम साता ज्योतिषीय दृष्टिकोणले निकै महत्त्वपूर्ण छ। यो साता शनिश्चरी औँसीका दिन ३ वटा महत्त्वपूर्ण ग्रहले आफ्नो राशि परिवर्तन गर्नुको साथै सूर्य ग्रहण पनि लाग्ने भएको छ । शनिश्चरी औँसीमा सूर्य ग्रहण हुँदा यस्तो संयोग कमै हुने गर्छ । साथै ग्रहहरूको स्थितिमा यस्ता महत्त्वपूर्ण परिवर्तनहरू मकै मात्रामा हुने गर्दछ ।

एक पछि अर्को गर्दै तिन ग्रहको राशि परिवर्तन
ज्योतिष शास्त्रका अनुसार २५ अप्रिलमा बुध ग्रह सबैभन्दा पहिले मेष राशि छोडेर वृष राशिमा प्रवेश गर्नेछ । सामान्यतया यो ग्रहले २१ दिनमा राशि परिवर्तन गर्छ तर यस पटक बुध ६८ दिनसम्म वृष राशिमा रहनेछ । जुन धेरै विशेष हुने भएको छ ।

यसपछि अप्रिल २७ तारिकमा धन, सुख र प्रेमको कारक शुक्र ग्रह कुम्भ राशि छोडेर मीन राशिमा प्रवेश गर्नेछ। मीन शुक्रको उच्च राशि भएकोले यो परिवर्तनलाई धेरैजसो अवस्थामा राम्रो भन्न सकिन्छ। यस पछि सबैभन्दा महत्त्वपूर्ण परिवर्तन अप्रिल २९ मा हुनेछ किनभने यस दिन शनि देव ३० वर्ष पछि आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्नेछ।

शनि यस राशिमा करिब साढे दुई महिना रहन्छ र त्यसपछि पुन: मकर राशिमा फर्किनेछ। अर्को दिन अर्थात् ३० अप्रिलमा शनिश्चरी औँसीका दिन सूर्य ग्रहण लाग्ने भएको छ ।

पर्नेछ ठूलो प्रभाव 
बुध, शुक्र र शनिको राशि परिवर्तनको प्रभाव मौसम, व्यापार, शान्ति, न्यायिक मामिला आदिमा देखिनेछ। यी ग्रह परिवर्तनका कारण मौसममा आकस्मिक परिवर्तन आउन सक्ने, केही स्थानमा पानी पर्ने र कडा गर्मी हुनसक्छ । यस बाहेक देश र विश्वको व्यापारमा पनि ठूला उतार चढाव देख्न सकिन्छ। संविधान वा अन्य विषयमा विवाद हुन सक्छ । यसले कतिपय ठाउँमा अशान्ति निम्त्याउन सक्छ। यसका साथै प्राकृतिक प्रकोपको जोखिम पनि रहनेछ ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्य ग्रहण लागेको केही दिनमा नै चन्द्र ग्रहण लाग्दै, थाहा पाउनुहोस् तिथि, मिति ?