अभिनेत्री झरना थापाले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर ४’ भारतीय चलचित्रसँग भिड्दा चलचित्र फ्लप हुने अनुमान गरेका धेरैको अहिले मुख बन्द भएको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको आदि कलाकारको मुख्य भूमिकामा अभिनय रहेको चलचित्रलाई अहिले दर्शकले निकै रुचाएका छन् ।
केही दिन पहिले प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’ ले आजको दिनसम्म आउँदा ७ दिनको कमाइ ४ करोड पार गरेको छ । गत बिहीबारबाट नयावा वर्षको अवसरमा प्रदर्शन भएको चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । भारतीय चलचित्रको कारण चलचित्रको व्यापारमा असर पर्ने अनुमान गरिको चलचित्र अहिले राम्रै व्यापार गर्न सफल भएको छ ।
अहिले चलचित्र स्रोतका अनुसार यस चलचित्रले पहिलो दिनमा ८५ लाख भन्दा बढी कमाइ गरेको थियो । त्यस्तै दोस्रो दिन शुक्रबार ६५ लाखको भन्दा बढीको व्यापार गरेको बताएको छ । शुक्रबार कम भएको चलचित्रको व्यापार शनिबार भने फेरी उकालो लागेको थियो । शनिबार भने चलचित्रले ८७ लाख भन्दा बढीको व्यापार गरेको बताएको छ ।