नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री केकी अधिकारीले उनको विवाहको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।
अहिले नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । अभिनेत्री केहीले अहिलेसम्म सामाजिक सञ्जाल तथा सञ्चारकर्मी सँग अन्तर्वार्ताको क्रममा आफ्नो प्रेमीको नाम सार्वजनिक गरेकी थिइनन् ।
अभिनेत्रीले हिजो बैशाख ८ गते बिहीबारर विवाह बन्धनमा बाँधिएकी हुन् । अहिले स्रोतका खबर अनुसार अभिनेत्रीले आफ्ना आफन्त तथा सीमित साथी भाइको उपस्थितिमा विवाह गरेकी छिन् ।
अहिले अभिनेत्रीको विवाहको खबरले सबैलाई चकित पारेको छ । अहिले अभिनेत्रीको विवाह भए पनि अभिनेत्रीले को सँग र कहाँ विवाह गरिन् भन्ने अहिले असम्म खुलेको छैन । अहिले अभिनेत्रीको विवाहको खबरले उनको निकटको भनिएका साथीहरु पनि अभिनेत्रीको विवाहको खबरले चकित भएका छन् ।
साथै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको तस्बिर सार्वजनिक गर्दै एक स्टाटस लेखेकी छिन् । यस प्रकार छ अभिनेत्रीले सार्वजनिक गरेको स्टाटस ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरुसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाहरूको अाशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। -केकी /रोहित’