काठमाडौँ : हिन्दू धर्ममा शुक्रबारको दिनलाई माता लक्ष्मीको दिन मानिन्छ। माता लक्ष्मीको कृपाले मनुष्यले धनदौलत प्राप्त गर्ने जनमान्यता रहेको छ। जसकारण माता लक्ष्मीलाई धनकी देवी भनिन्छ। माता लक्ष्मीको ध्यान गरेर सम्बन्धित उपायहरु अपनाएमा व्यक्तिले जीवनमा कहिल्यै आर्थिक समस्या भोग्नु पर्दैन भन्ने विश्वास छ। तपाईले पनि शुक्रबारको दिन विशेष उपाय अपनाई माता लक्ष्मीको कृपा प्राप्त गर्न सक्नुहुन्छ।
आर्थिक लाभ र सुख समृद्धिको लागि शुक्रबार अपनाउनुहोस् यी ५ ज्योतिषीय उपाय : –
पहिलो उपाय : – शुक्रबारको दिन देवी लक्ष्मीको कृपा प्राप्त गर्न पहेलो रङ्गको कपडाको टालोमा पाँचवटा कौडा, केसरी र एउटा चाँदीको सिक्का बेर्नुहोस्। उक्त टालोलाई घरको पैसा राख्ने ठाउँमा राख्नुहोस्। यसो गर्नाले धनसँग सम्बन्धित सबै समस्याबाट छुटकारा मिल्नेछ।
दोस्रो उपाय : – शुक्रबारको दिन शङ्खमा जल भरी माता लक्ष्मीलाई जलाभिषेक गर्नुहोस्। यसो गर्नाले धन सम्बन्धी सबै समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ।
तेस्रो उपाय : – आर्थिक स्थिति मजबूत गर्नको लागि शुक्रबारको दिन लक्ष्मी माताका लागि व्रत राख्नुहोस् र कुमारी कन्यालाई भोजन गराउनुहोस्। कन्याहरुलाई दक्षिणा स्वरुप कपडा दिनुहोस्। लगातार चार शुक्रबार यसो गर्नाले धन र अन्नमा वृद्धि हुने जनविश्वास रहेको छ।
चौथो उपाय : – सुख-समृद्धिको लागि शुक्रबार बिहान सबेरै उठेर नुहाएर सेतो रङ्गको वस्त्र धारण गर्नुहोस्। त्यसपछि विधि विधानपूर्वक लक्ष्मीजीको पूजा गर्नुहोस् र श्री सूक्त पाठ गर्नुहोस्। पूजाको समयमा लक्ष्मीजीलाई कमलको फूल चढाउनुहोस्।
पाँचौं उपाय : – शुक्रबार लक्ष्मी मातालाई मिश्री, कौडा र मखाना चढाउँदा सुख-समृद्धिमा वृद्धि हुने मान्यता छ। यसका साथै यस दिन फलामको भाँडोमा जल भरी त्यसमा दूध, चिनी र घ्यु मिसाई पीपलको बोटमा अर्पण गर्नुहोस्। यसो गर्नाले ऐश्वर्य र वैभव प्राप्त हुने जनविश्वास छ।