विवाहपछि गलामा मङ्गलसूत्र र सिउँदोमा सिन्दूर लगाएर यस्ती देखिइन् अभिनेत्री आलिया, तस्बिर सहित !

बलिउड अभिनेता रणबीर कपूर र बलिउड अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् । अहिले सामाजिक सञ्जालमा यी दूईको विवाहको तस्बिरलाई फ्यानहरुले निकै रुचाएका छन् । यसै बीच अहिले अभिनेत्री आलियाको विवाह पछिल्लो केही तस्बिर सार्वजनिक भएको छ । जसमा उनी सिउँदोमा सिन्दूर लगाएको देखिएकी छिन् । तस्बिरमा आलिया अचम्मको देखिएकी छिन् र यो तस्विरमा उनले घाँटीमा मंगलसूत्र पनि लगाएकी छिन् ।

अहिले आलिया भट्ट र रणबीर कपुरको विवाह भएको १ साता पुग्न लागेको छ तर उनीहरुको विवाहका तस्बिरहरु अहिले पनि सामाजिक सञ्जालमा भाइरल छन् ।

हरेक दिन यो जोडीका नयाँ नयाँ तस्बिर सार्वजनिक भइरहेका छन्, जसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट निकै माया मिलिरहेको छ ।

रणवीर-आलियाको विवाहको तस्बिरको तस्बिरपछि अभिनेत्री आलियाको केही तस्बिर भाइरल भएको छ जसलाई देखेर अभिनेत्रीका फ्यानहरू मोहितका छन् ।

यी तस्बिरहरु आलिया भट्टको विशेष साथी तान्या साहा गुप्ताले सेयर गरेकी छिन्, जसमा आलिया भट्टको सिन्दूर लुक पहिलो पटक देखिएको छ । तस्बिरमा आलिया सिन्दुर र मंगलसूत्र लगाएर निकै सुन्दर देखिएकी छिन् ।

अहिले अलियाको तस्बिरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लेहेंगा चोलीमा निकै सुन्दर देखिइन् अभिनेत्री तेजस्वी, तस्बिर सहित !