काठमाडौँ : ज्योतिष शास्त्रले हाम्रो जीवनसँग सम्बन्धित थुप्रै रहस्यहरु उजागर गर्छ। ज्योतिष शास्त्रले हाम्रो भविष्यसँग सम्बन्धित घटनाहरुका बारेमा पनि बताउँछ। यस्तो यसले १२ राशि र तीसँग सम्बन्धित ग्रहहरुका आधारमा गर्छ। ज्योतिष शास्त्र अनुसार हरेक ग्रहको एक निश्चित अवधि हुन्छ। त्यो अवधि सकिएपछि मात्र ग्रह एक राशिबाट अर्को राशिमा गोचर गर्छ। ग्रहले राशि परिवर्तन गर्दा त्यसको प्रभाव सबै राशिहरुमा पर्छ।
बैशाख १२ गते(अप्रिल २५) सोमबार बुध ग्रह शुक्र ग्रहको स्वराशि वृष राशिमा गोचर गर्दैछ। बुधलाई बुद्धि, व्यापार, धन लाभ इत्यादिका कारक मानिन्छ। यदि बुध तपाईको कुण्डलीमा शुभ छ भने धन लाभ र हरेक क्षेत्रमा प्रगति हासिल गर्नुहुनेछ। यस पटकको बुधको गोचर ३ राशिका जातकका लागि शुभ रहनेछ। बैशाख १२ गतेबाट यी राशिका सुखद् दिनहरु सुरु हुनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
बुधको राशि परिवर्तनले मेष राशिका जातकमा शुभ प्रभाव पर्नेछ। यिनको राम्रो दिनहरु सुरु हुनेछ। बुधको गोचर मेषको दोस्रो भावमा हुनेछ, यसकारण यिनलाई धन लाभ हुनेछ। कतैबाट अचानक पैसा पाउनुहुनेछ। आफ्नो हातबाट कुनै पनि अवसर फुत्किन नदिनुहोला। व्यापार-व्यवसायमा सम्झौता गर्नको लागि यो समय उत्तम रहेको छ। बुध मेषको तेस्रो र छैठौँ भावको स्वामी पनि हो। तपाईको पराक्रम पनि बढ्नेछ। दाजुभाई तथा दिदीबहिनीले हरेक स्थितिमा साथ दिनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बुधको गोचरले कर्कट राशिका जातकको जीवनमा खुशीयालीको बहार ल्याउनेछ। यो गोचर यिनको राशिको ११ औँ भावमा हुनेछ। जसकारण यिनको आयमा वृद्धि हुनेछ। करियरमा सफलता हासिल हुनेछ। जागिरमा बढुवा र व्यापारमा मुनाफा कमाउनुहुनेछ। नयाँ वाहन वा घरको सुख प्राप्त गर्न सक्नुहुन्छ। प्रियजनसँगको सम्बन्ध मधुर बन्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। शत्रुहरूले तपाईलाई हानि पुर्याउन सक्ने छैनन्। धन आर्जनका नयाँ साधनहरु फेला पर्नेछन्। भाग्यले साथ दिनेछ। शुभ समाचार प्राप्त गर्नुहुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका व्यक्तिहरूलाई बुधको गोचरबाट धेरै फाइदा हुनेछ। यो गोचर सिंह राशिको १० औँ भावमा हुनेछ। यसले यिनीहरुको करियरमा प्रगति गराउनेछ। बेरोजगारहरुले रोजगारीको अवसर पाउनेछन्। नयाँ र राम्रो कामको प्रस्ताव आउनेछ। जागिरमा बढुवाको अवसर प्राप्त हुनेछ। बोस तपाईको काम प्रसन्न हुनेछन्। कुनै शुभ कामले यात्राको अवसर जुर्न सक्छ। पैसाको अभाव हुनेछैन्। भाग्यले साथ दिनेछ। वरिष्ठ अधिकारीहरुलाई तपाईलाई सहयोग गर्नेछन्। घरमा खुशीको माहोल रहनेछ। रोकिएका कामहरु पूरा हुनेछन्।