दुई सन्तानकी आमा हुन् यशकी श्रीमती, सुन्दरतामा बलिउड अभिनेत्री पनि पछि पार्छिन्

अहिले सामाजिक सञ्जालमा भारतको ‘साउथ’ स्टार यशको निकै चर्चा भएको छ । किनभने अभिनेता यस अभिनीत ‘केजीएफ २’ तहल्का मच्चाउन सफल भयो । अहिले सामाजिक सञ्जालमा अभिनेता यशको मात्र नभई उनको श्रीमती तथा अभिनेत्री राधिका पण्डितको पनि निकै चर्चा बढेको छ ।

अभिनेता यशको पत्नी राधिकाको जन्म ७ मार्च १९८४ को बेंगलुरुमा भएको थियो । उनकी आमा गोवाकी हुन् र बुबा कृष्ण पण्डित सारस्वत हुन्। राधिकाका बुबा चलचित्र र रंगमञ्चका व्यक्तित्व हुन् । राधिकाले क्लु:-नी कन्भेन्ट हाई स्कूल, बैंगलोरबाट अध्ययन गरेकी हुन् ।

राधिकाले फिल्म ‘औँ क्रस’ र ‘मोग्गीना मनसु’ दुवै फिल्ममा कास्ट गरिएको थियो । ‘मोग्गिना मनसु’ मा राधिकाको काम निकै रुचाइएको थियो । यसका लागि उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको लागि कर्नाटक राज्य फिल्म पुरस्कार र सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्म:-फेयर पुरस्कार पनि दिइयो ।

राधिका र यशको पहिलो भेट सन २००७ मा भएको थियो । दुवैले सिरियल नन्दगोकुलामा सँगै काम गरेका थिए । त्यसपछि उनीहरुले चलचित्र मोग्गीना मनसुमा पनि सँगै काम गरेका थिए । यसपछि उनीहरुले धेरै चलचित्रमा ‘स्संगे’ काम गरेका छन् ।

एक साथमा कम गर्दा नजिकिएका उनीहरुले अगस्ट २०१६ मा इन्गेजमेन्ट गरे र डिसेम्बरमा दुवैले बैंगलोरमा एक निजी समारोहमा विवाह गरेका थिए । २०१८ मा उनीहरुको छोरी जन्मिएकी थिइन् र त्यसपछि सन् २०१९ मा छोरा ।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१३:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि गलामा मङ्गलसूत्र र सिउँदोमा सिन्दूर लगाएर यस्ती देखिइन् अभिनेत्री आलिया, तस्बिर सहित !