काठमाडौँ : वि.सं. २०७९ को पहिलो सूर्य ग्रहण यहीँ बैशाख १७ गते लाग्दैछ। तर यो सूर्यग्रहण आंशिक हुनेछ। पञ्चाङ अनुसार बैशाख १७ गते कृष्णपक्षको मातातीर्थ औँसी तिथि हो। यो औँसी शनिबारको दिन परेको कारण शनिश्चरी औँसीको योग बनेको बन्नेछ। जुन दिन शनिदेवको पूजा गरिने मुख्य विद्यान हुन्छ। त्यसैले यो ग्रहणलाई ज्योतिषशास्त्रको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ। शनि ग्रह सूर्यदेवका पुत्र हुन्। तर दुवै एक-अर्काबीच शत्रुताको भाव राख्छन्। यो सूर्य ग्रहण नेपाली समयअनुसार मध्यरात १२ बजेर ३० मिनेटबाट सुरु हुनेछ र ४ बजेर २२ मिनेटमा समाप्त हुनेछ। साथै यो ग्रहण मेष राशिमा लाग्नेछ, जसमा मङ्गल ग्रहको आधिपत्य हुन्छ।

ज्योतिष पञ्चाङ्गअनुसार यो ग्रहण नेपालबाट देखिनेछैन्। यसैकारण ग्रहणको सूतक काल लाग्दैन्। यो ग्रहण दक्षिण अमेरिकाको दक्षिण-पश्चिमी भाग, प्रशान्त महासागार, एट्लान्टिक र दक्षिण ध्रुवमा देखिनेछ। खैर, यो ग्रहणको प्रभाव सबै राशिमा पर्नेछ। तर ३ राशिका जातकलाई यो ग्रहण शुभ फलदायी साबित हुन् सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि यो ग्रहण निकै शुभ रहनेछ। यो ग्रहणले तपाईको आर्थिक पक्षलाई मजबूत बनाउँछ। करियरमा सफलता हासिल गर्नुहुनेछ। साथै अधुरा कामहरु समयमै सम्पन्न हुनेछन्। नयाँ व्यवसायिक सम्बन्ध स्थापित हुन् सक्छ। नयाँ व्यापार-व्यवसायमा लगानी गर्नको लागि यो समय अनुकूल रहेको छ। अहिले गर्नुभएको लगानीले भविष्यमा धेरै लाभ दिनेछ। घरजग्गामा लगायतका चल-अचल सम्पत्तिहरुमा लगानी गर्नु लाभकारी सिद्ध हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यो ग्रहण कर्कट राशिका लागि आशातीत सफलता दिने खालको हुन् सक्छ। यस अवधिमा तपाईले विभिन्न कामहरुमा सफलता हासिल गर्नुहुनेछ। साथै तपाईलाई भाग्यले पूर्ण साथ दिनेछ। कार्यस्थल र समाजमा तपाईको छविमा सुधार आउनेछ। कार्यस्थलमा तपाईको कार्यशैलीमा सुधार आउन सक्छ, जसले गर्दा तपाईले अफिसमा वाहवाही बटुल्नुहुनेछ। नयाँ कामको प्रस्ताव आउन् सक्छ। यो ग्रहणकालले तपाईको भाग्यलाई बलियो बनाउनेछ। आफ्नो योग्यता प्रमाणित गर्दै नयाँ चुनौतीहरुको सामना गर्न तपाई सक्षम हुनुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आर्थिक स्थितिमा सुधार आउनेछ। सरकारी जागिरमा आबद्दका लागि पनि यो ग्रहण शुभ र फलदायक साबित हुनेछ। व्यापार-व्यावसायमा राम्रो आम्दानी हुनसक्छ। व्यापारमा लगानीको लागि यो समय अनुकूल छ। साथै तपाई वैदेशिक व्यापारमा संलग्न हुनुहुन्छ भने राम्रो धनलाभ हुन् सक्छ। तपाईको पैसा कहीँकतै रोकिएको छ भने तपाईले त्यो धन प्राप्त गर्नुहुनेछ।
