अहिले अभिनेता पल शाह नबालिग गायिका बला:_त्कार गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा छन् । भने आइताबार पिडित भनिएकी नाबालिगले गायिकाले पल शाहले बला:_त्कार गरेकाको आरोपमा दिएको बयान फेरेकी छिन् । आइतबार बकपत्र गर्ने क्रममा नाबालिग गायिकाले बयान दिने क्रममा नायक पल शाले आफूलाई बलात्कार नगरेको बयान दिएकी छिन् ।
नाबालिगका बुबाले फागुन १४ गते तनहुँ र फागुन १५ गते नवलपरासीको प्रहरी कार्यालयमा शाहविरुद्ध जाहेरी दिएका थिए भने अभिनेताले फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा आत्मसमपर्ण गरेका थिए । अहिले यति धेरै पछि आएर नाबालिगले अचानक अदालतमा बयान फेर्दा उनलाई होस्टाइल बनाइएको आशंका भएको छ ।
नाबालिग गायिकाले जाहेरी दिने क्रममा नायक पल शाहले आफूलाई विभिन्न प्रलोभनमा परेर बला:_त्कार गरेको बयान दिएकी थिइन् । अहिले सबैलाई चासोको विषय भएको छ । के अब अभिनेता निर्दोष साबित हुनेछन् र कहिले जेलबाट छुट्नेछन् । नाबालिगले पछिल्लो समयमा दिएको बयानमा अरुको उक्साहट आएर आफूले अभिनेता पल विरुद्धमा बयान दिएको बताएकी छिन् ।