काँखी र खुट्टाका रौँका फोटोहरु बेचेर लाखौँ कमाउँछिन् यो महिला, वार्षिक कमाई सुनेमा छक्क पर्नुहुनेछ

एजेन्सी : अहिलेको जमानामा जागिरे पाउन निकै मुश्किल रहेको कुरा प्राय: तपाईहरुले सुनिरहनुभएको होला। मानिसहरुको यो कुरा पक्कै पनि सत्य हो तर अहिलेको समयमा पैसा कमाउन कुनै गाह्रो छैन। बस् पैसा कमाउने तरिका थाहा पाउनुपर्ने हुन्छ। यो कुरा क्यानडेली एक महिलाले प्रमाणित गरेकी छिन्। उनले यस्तो अनौठो काम गर्छिन्,  जसबारे कल्पना पनि गर्न सकिन्न। महिलाले आफ्नो शरीरको कपालको फोटो बेचेर पैसा कमाउँछिन्।

क्यानाडाको न्यु ब्रुन्सविक(New Brunswick, Canada) की स्थायी बासिन्दा ३२ वर्षीय महिला क्यान्डेस सिन्थियाले आफ्नो शरीरको कपालको फोटो  सब्स्क्रिप्सन साइट ओन्लीफ्यान्समा बेचेर पैसा कमाउँछिन्। उनको काँखीको रौँ र खुट्टाको रौँ हेर्न मानिसहरु उनले मागेको जति पैसा तिर्न तयार हुन्छन्। उनी एडल्ट मोडेल भएकोले शरीरको गोप्य भागको समेत रौँको फोटो बेचेर पैसा कमाउँछिन्।

क्यान्डेसले सन् २०१८ मा आफूलाई नार्कोलेप्सी(Narcolepsy) भएको थाहा पाईन्। यो एक प्रकारको अवस्था हो, जसमा व्यक्तिले सधैँ थकित महसुस गर्छन् र निन्द्रा लागिरहन्छ। तिनले खासै उर्जाशील महसुस गर्दैनन्। त्यसपछि उनले आफ्नो शरीरको उर्जा आवश्यक काममा मात्र प्रयोग गर्ने निर्णय गरिन्। त्यसबेलादेखि उनले आफ्नो शरीरको रौँहरु काट्न छोडिन्। डेलीस्टारको रिपोर्ट अनुसार क्यान्डेस सुरु-सुरुमा बाहिर जाँदा अप्ठ्यारो मान्थिन्, लामा-लामा रौँहरुलाई उनलाई लज्जित बनाउथ्यो। तर बिस्तारै उनले ती रौँलाई अपनाइन्। अहिले उनी पूर्ण आत्मविश्वासका साथ रौँहरुको प्रदर्शन गर्छिन्।

आफ्नो शरीरमा लामा-लामा कपाल देखेर धेरै पुरुषहरु आफूबाट भाग्ने गरेको उनले बताईन्। तर यसको बाबजुद पनि सामाजिक सञ्जालमा उनको प्राकृतिक रौँहरु हेर्न पुरुषहरु लालायित हुन्छन्। पुरुषहरु उनको शरीरको रौँहरु भएका अङ्ग हेर्न भनेजत्ति पैसा तिर्न तयार हुन्छन्। तपाईलाई विश्वास नलाग्न सक्छ तर उनी महिनामा १ लाख रुपैयाँभन्दा बढी कमाई गर्छिन्। अन्तर्राष्ट्रिय मिडियाहरुका रिपोर्ट्स अनुसार उनले वर्षमा लगभग २० लाख कमाई गर्छिन्।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१५:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोचक खबर: पहिले यस रंगको हुन्थ्यो जेसीबी, यस कारण भयो पहेँलो: जान्नुहोस् !