मेष राशि
यस हप्ता मेष राशिमा मानिसमा धैर्यताको कमी हुनेछ, शैक्षिक कार्यमा बाधा आउन सक्छ । साथीभाइको सहयोगले व्यापार व्यावसाय विस्तार हुनेछ, लाभको अवसर मिल्नेछ । पारिवारिक जीवन सुखमय रहनेछ। कार्यस्थलमा मिहिनेत धेरै हुनेछ। आम्दानीमा अवरोध आउन सक्छ, खर्च बढ्नेछ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ । काम परिवर्तनको सम्भावना छ, साथीभाइको सहयोग मिल्नेछ ।
कर्कट राशि
आत्मविश्वासमा कमी आउनेछ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ, स्वास्थ्यमा सचेत रहनुहोस्। परिवारमा धार्मिक कार्य हुनेछ, साथीभाइको सहयोगमा अचल सम्पत्तिमा लगानी गर्न सकिनेछ। संचित धनमा कमी आउनेछ, लेखन, बौद्धिक कार्यमा धन लाभ हुनेछ । कला संगीतमा रुचि बढ्नेछ, वस्त्रमा खर्च बढ्नेछ। कार्यक्षेत्रमा मन सम्मान वृद्धि हुने सम्भावना छ, यस साथ मेहनत अधिक हुनेछ, खर्च बढ्नेछ।
मीन राशि
यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला। सामान हराउने वा चोरी हुने भय छ। साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ।