यो वर्ष वि.सं २०७९ मेष राशिको लागि निकै शुभ हुने भएको छ । विशेष गरेर अध्ययन क्षेत्रमा मेष राशिको लागि अत्यन्तै शुभ हुने भएको छ ।
ज्योतिष शास्त्र अनुसार आगामी वर्ष वि.सं २०७९ मेष राशिको लागि निकै शुभ हुने भएको किन भने नयाँ वर्षमा वि.सं २०७९ मा मेष राशिमा मंगल देवको विशेष कृपा हुने भएको छ । मेष राशिलाई मंगल देवको कृपाको कारण व्यापार व्यवसायमा विशेष लाभ हुने भएको छ । आर्थिक स्थितिमा अप्रिलपछि क्रिमिक रुपमा सुधार हुनेछ । आम्दानीको नयाँ-नयाँ स्रोतहरु मिल्नेछन् । समग्रमा मेष राशिलाई कस्तो रहला वि.सं २०७९ हेर्नुहोस् ।
मेष राशिको प्रेम फल
मेष राशिको लागि वि.सं २०७९ मा लामो समय देखि प्रेम सम्बन्धमा रहेकाको सम्बन्ध विवाहमा परिणत हुनेछ । विवाहितहरुको सम्बन्ध सुमधुर हुनेछ । दाम्पत्य जीवनमा आएको समस्या क्रमश सुधार भएर जानेछ । कुनै पनि निर्णय गर्दा समझदारीमा गर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।
मेष राशिको करियर फल
मेष राशिको लागि वि.सं २०७९ निकै शुभ रहेको छ । कार्य क्षेत्रमा कामको प्रशंसा हुनेछ । तपाईको कामबाट उच्च अधिकारी प्रसन्न हुनेछन् । आम्दानीको स्रोत बढ्ने छ । व्यापार व्यवसायमा सोचे भन्दा अधिक लाभ हुनेछ । यस वर्ष मेष राशिको लागि मंगल देवको कृपाले आर्थिक क्षेत्र मजबुत हुनेछ ।
मेष राशिको आर्थिक राशिफल
मेष राशिलाई वि.सं २०७९ यस वर्ष भन्दा राम्रो हुनेछ । फसेको लगानी उठ्ने समय रहेको छ । व्यापार व्यवसाय आम्दानी बढ्नुको साथै व्यापार व्यवसाय विस्तार हुनेछ । परिवारबाट आर्थिक पक्षमा पूर्ण साथ मिल्नेछ । विगतमा भएको आर्थिक समस्या यस वर्ष समाधान भएर जानेछ ।
मेष राशिको पारिवारिक राशिफल
वि.सं २०७९ मा परिवारका सदस्य बिच भएको मन-मुटाव समाधान हुनेछ । पारिवारिक सद्भाव बढ्ने छ । मेष राशिको मानिसलाई हरेक काममा परिवारको साथ सहयोग प्राप्त हुनेछ । लामो समय देखि टाढा रहेका परिवारका सदस्यसँग मिलन हुनेछ ।