शनि गोचर २०७९ : बैशाख १६ गते शनिले राशि परिवर्तन गर्दै, ३ राशिमा पर्नेछ व्यापक प्रभाव

काठमाडौँ : शनिको नामको सुन्नेबित्तिकै मानिसहरुका मनमा डरले डेरा जमाउन थाल्छ। शनिको खराब दृष्टिले मानव जीवनमा तहल्का ल्याउन सक्छ। तर शनिले अशुभ सँग-सँगै शुभ फल पनि प्रदान गर्दछ। कर्मफलदाता शनिले यहीँ बैशाख १६ गते(२९ अप्रिल) राशि परिवर्तन गर्दैछ। शनिको राशि परिवर्तनसँगै केही राशिले साढेसाती र ढैय्याबाट मुक्ति पाउनेछन् भने केही राशिमा सुरु हुनेछ। यस हिसाबले हेर्दा शनिको यो गोचरले राहत र आहत दुवै ल्याउनेछ।

शनिले आफ्नै राशि कुम्भमा गोचर गर्नेछ। यो गोचर ३ राशिका लागि निकै शुभ रहनेछ। शनिले राशि परिवर्तन गर्नेबित्तिकै मानिसहरुका जीवनमा थुप्रै सकारात्मक परिवर्तनहरू आउनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका जातकका लागि शनिको गोचरले सुखद् दिनहरु ल्याउनेछ। आयमा वृद्दि हुनेछ। व्यापारी-व्यवसायीले मनग्यै मुनाफा कमाउनेछन्। व्यापार-व्यवसाय विस्तार गर्न अनुकूल परिस्थिति सिर्जना हुनेछ। लामोसमयदेखि कामको खोजीमा रहेका जातकले आकर्षक तलबसहितको रोजगारीको अवसर पाउनेछन्। लामो दूरीको यात्राको योग छ। रोगहरुबाट मुक्ति पाउनुहुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनिको गोचरले वृष राशिलाई धेरै कुरामा राहत दिनेछ। जीवनका अनेकन् कठिनाईहरु पन्छिनेछन्। नोकरी-व्यवसायमा एकपछि अर्को धेरै सफलता मिल्नेछ। लोभलाग्दो तलब सहितको नयाँ काम पाउनुहुनेछ। बढुवाको योग देखिन्छ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। नयाँ व्यवसाय सुरुवात गर्नको लागि अनुकूल समय रहेको छ। समग्रमा तपाईलाई भाग्यले पूर्ण साथ दिनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका जातकले शनिको साढेसातीबाट मुक्ति पाउनेछन्। समस्याको अन्त्य हुनेछ। पराक्रम बढ्नेछ। मान-सम्‍मान मिल्नेछ। पुरानो रोगबाट मुक्ति पाउनुहुनेछ। फलाम, तेल, मदिरा जस्ता शनिसँग सम्बन्धित वस्तुको व्यापार गर्ने व्यक्तिलाई धेरै फाइदा हुनेछ।

प्रकाशित : शनिबार, बैशाख ०३, २०७९१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो जेठ ३ गतेसम्म बचेर हिड्नुहोस् ३ राशि, मङ्गलदेवले गर्नेछ ‘अमङ्गल’