काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्नुलाई ग्रह गोचर भनिन्छ। ज्योतिषशास्त्र अनुसार कुनै ग्रह एक राशिबाट अर्को राशिमा गोचर गर्दा त्यसको प्रभाव मानव जीवनमा पर्छ। मङ्गललाई ग्रहहरुका सेनापतिको दर्जा दिईएको छ। मङ्गल ग्रह चैत २४ गते(७ अप्रिल) बिहिबार मकर राशिबाट निक्लिएर कुम्भ राशिमा प्रवेश गरेको थियो।
मङ्गलदेव अब अर्को महिना जेठ ३ गते(१७ मे) सम्म कुम्भ राशिमै रहनेछ। जेठ ३ गते बिहान मङ्गलदेव मीन राशिमा गोचर गर्नेछ। मङ्गलको राशि परिवर्तनको प्रभाव सबै १२ वटै राशिहरुमा पर्नेछ। मङ्गल ग्रह युद्ध, भूमि, साहस र पराक्रम आदिका कारक हुन्। मङ्गलको राशि परिवर्तनको प्रभाव कुन-कुन राशिमा पर्छ त ? पढ्नुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका जातकको अष्टम भावमा मङ्गलको गोचर भएको छ। गोचर कालमा कार्यस्थल निराशाको सामना गर्नुपर्नेछ। यस अवधिमा वरिष्ठ अधिकारीहरुसँग मतभेद हुन् सक्छ। कामबाट सन्तुष्टि पाउनुहुनेछैन्। पैसासँग सम्बन्धित मामिलामा धेरै सावधान रहनुहोस्। जीवनसाथीसँगको सम्बन्ध बिग्रन सक्छ। चोटपटक लाग्ने सम्भावना छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मङ्गल ग्रह तुला राशिको पाँचौं भावमा गोचर गरिरहेको छ। गोचर कालमा जीवनमा अनेक खाले उतारचढावहरु आउनेछन्। सहकर्मीसँग विवाद हुने सम्भावना छ। कार्यस्थलमा षड्यन्त्रको सिकार हुन सक्छ। आर्थिक रुपमा जोखिम नउठाएकै राम्रो हुनेछ। जीवनसाथीसँग मनमुटाव हुन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
मङ्गल ग्रह वृश्चिक राशिको चौथो भावमा गोचर गरिरहेको छ। जसकारण व्यवहारमा परिवर्तन आउनेछ। कार्यस्थलमा समस्या आउन सक्छ। परिवारका सदस्यहरूसँग मतभेद हुन्छ। आर्थिक अवस्था मध्यम रहनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नुहोला।