भाग्‍योदय गर्छ शनिको शुभ प्रभावले, जीवनमा मिल्नेछन् अनेकन् फल

काठमाडौँ : शनिदेवको खराब दृष्टिले जीवनलाई सर्वनाश पार्न सक्छ। तर शनिले शुभ फल पनि दिने कुरा धेरै कमैलाई मात्र थाहा होला। कुण्डलीमा शनि शुभ स्थितिमा भए व्यक्तिको जीवनलाई खुशीले भरिदिन्छ। शनिको कृपाले रङ्कलाई राजा बनाउँछ। ज्योतिष शास्त्र अनुसार शनिले कर्म अनुसार फल दिने गर्दछ। यदि व्यक्तिको कर्म राम्रो छ भने कुण्डलीमा शनिको अशुभ स्थिति भए पनि व्यक्तिलाई त्यति समस्या आउँदैन। यदि व्यक्तिको कर्म खराब छ भने शनिको शुभ स्थितिले पनि पूर्ण फल दिँदैन।

यदि कुण्डलीमा शनिको स्थिति शुभ छ र व्यक्तिको कर्म पनि राम्रो छ भने व्यक्तिको जीवनमा बहार आउनेछ। शुभ शनिले जीवनमा के-के फल दिन्छ त ?

प्रगति : कुण्डलीमा शनिको शुभ स्थितिले व्यक्तिलाई जीवनमा धेरै प्रगति गर्न सहयोग गर्छ। जुन क्षेत्रमा गए पनि त्यसमा छिट्टै सफलता मिल्नेछ।

भवन सुख : शनिको शुभ स्थितिले व्यक्तिलाई शानदार घरमा बस्ने मौका दिन्छ।

ईज्जत : शनिको शुभ स्थितिले पनि व्यक्तिलाई धेरै मान-सम्मान प्रदान गर्दछ। शनिदेवको प्रभावले व्यक्ति इमानदार र मेहनती बन्छ र अन्यायको विरुद्धमा उभिनेबनाउँछ। उनका यी गुणहरूले उनलाई समाजमा धेरै सम्मान दिन्छ।

शनिदेवले कर्म अनुसार फल प्रदान गर्दछ। त्यसैले शनिदेवलाई मन पर्ने कर्म गर्नुहोस्। गरिब, असहायलाई सहयोग गर्ने, हरेक कुरामा इमान्दार हुने, लागुपदार्थ सेवनबाट टाढारहनु भएमा शनिदेव प्रसन्न हुनेछ। यसका साथै शनिदेवको कृपा पाउन हनुमानजीको पूजा-आराधना गर्नुहोस्। शनिबार पीपलमा जल चढाउनुहोस्। शनिदेवलाई तेल अर्पित गर्नुहोस्।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९१८:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि गोचर २०७९ : बैशाख १६ गते शनिले राशि परिवर्तन गर्दै, ३ राशिमा पर्नेछ व्यापक प्रभाव