बैशाख संक्रान्तिको दिन अपनाउनुहोस् यस्तो उपाय, सूर्यदेवले चम्काउनेछ भाग्य

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार सूर्यदेव बिहिबार बैशाख १ गतेबाट मेष राशिमा गोचर गरिरहेको छ। हिन्दू नवसंवत्सरपछि सूर्यले पहिलोपटक राशि परिवर्तन गरेको हो। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गर्दा उक्त दिनलाई संक्रान्ति भनिन्छ। बैशाख १ गतेको संक्रान्तिलाई मेष संक्रान्ति या बैशाख संक्रान्ति भनिन्छ। यस दिन केही विशेष उपायहरु अपनाउँदा कति लाभदायी होला त ?

ज्योतिष शास्त्र अनुसार मेष संक्रान्तिको दिन सख्खर दान गर्दा शारीरिक समस्याबाट मुक्ति मिल्छ। साथ-साथै हरेक काममा रुचि बढ्छ।

ज्योतिष शास्त्र अनुसार चनाको सम्बन्ध सूर्य र शनिसँग हुन्छ। मेष संक्रान्तिको दिन चना सेवन गर्दा या दान गर्दा लाभदायक हुन्छ। यसो गर्नाले कुण्डलीमा सूर्य बलवान् हुन्छ। जसकारण जागिरेमा बढुवा हुनेछ।

मेष संक्रान्तिको दिन सात्तु दान गर्नु पनि लाभदायक मानिन्छ। यसका साथै सात्तु सेवनले स्वास्थ्य राम्रो रहनेछ।

मेष संक्रान्तिको दिन पङ्खा दान गर्नु धेरै शुभ मानिन्छ। बाँसबाट बनेको हावा हम्किने पङ्खाले गर्मीमा शीतलता प्रदान गर्छ। पहिले मानिसहरूले बाँसको पङ्खा दान गर्थे।

मेष संक्रान्तिको दिन पानीको भाँडो या पानी बोत्तल दान गर्नु धेरै शुभ मानिन्छ। पानीले भरिएको घडा दान गरे स्वर्णदान गरे जत्ति नै पुण्य मिल्ने जनविश्वास छ।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मीन राशिमा देवगुरु बृहस्पति, ज्योतिषाचार्यअनुसार २ राशिलाई हुनेछ महालाभ