काठमाडौँ: गत वर्ष पापी एवं दुष्ट ग्रह राहु-केतुले प्रतिगामी चाल चालिसकेको छ। योसँगै देवगुरु बृहस्पतिले पनि मीन राशिमा प्रवेश गरेको छ। करिब २८ घण्टाको फरकमा भएको तीन ग्रहको राशि परिवर्तनले सबै १२ वटै राशिहरुमा प्रभाव पार्नेछ। ज्योतिषशास्त्रमा बृहस्पतिको राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ। बृहस्पति ग्रहको राशि परिवर्तनले कुन-कुन राशिका शुभ दिन सुरु हुनेछन् त, जान्नुहोस्।
चैत्र ३० गते(१३ अप्रिल) बुधबार दिउँसो गुरुदेव बृहस्पतिले राशि परिवर्तन गरेको हो। उक्त दिन गुरु मीन राशिमा प्रवेश गरेको हो। बृहस्पतिको राशि परिवर्तनले मेषदेखि मीन राशिका मानिसहरूलाई प्रभाव पार्नेछ। यद्यपि दुई राशिका व्यक्तिहरुलाई शुभ फल दिनेछ। जान्नुहोस् ती राशिका बारेमा : –
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
बृहस्पतिको गोचरले धनु राशिका जातकलाई केही चुनौती र समस्या ल्याउन सक्छ। यद्यपि यसको बाबजूद पनि यो गोचर तपाईको लागि लाभदायी साबित हुनेछ। गुरुको गोचर धनु राशिको तेस्रो भावमा भएको छ। जसले गर्दा दाजुभाइसँगको सम्बन्ध बलियो हुनेछ। सञ्चारमाध्यम, लेखन तथा वकालती आदि कार्यमा आबद्द मानिसहरुले लाभ उठाउनेछन्। जागिर गर्ने जातकको बढुवा हुन् सक्छ। घर तथा सवारी साधन खरिद गर्ने सम्भावना छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
बृहस्पतिको गोचर मीन राशिमै भईरहेको छ। तसर्थ बृहस्पति गोचरको प्रभाव सबैभन्दा बढी मीन राशिमै पर्नेछ। यस अवधिमा तपाईले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। खर्च बढ्न सक्छ। ऋणबाट मुक्ति पाउनुहुनेछ। विदेश यात्राको सपना पूरा हुनेछ। विद्यार्थीहरुका लागि यो समय अनुकूल छ। वैवाहिक जीवनमा आउने बाधाहरू हट्नेछन्।
बृहस्पतिको महत्व : –
ज्योतिष शास्त्र अनुसार देवगुरु बृहस्पतिको कृपाले जीवनमा सुख, सौभाग्य, मान-सम्मान र पद आदि प्राप्त हुन्छ। कुण्डलीमा बृहस्पति ग्रहको स्थिति शुभ हुँदा जातकको जीवनमा कुनै पनि चीजको कमी हुँदैन्।