बाहुबली ग्रह सूर्यको गोचर : आउँदो ३० दिनसम्म चम्किनेछ यी राशिको भाग्य

काठमाडौँ : आज यानी बैशाख १ गते(१४ अप्रिल) बिहिबार सूर्यले आफ्नो राशि परिवर्तन गरी मेष राशिमा प्रवेश गरेको छ। सूर्य आउँदो एक महिनासम्म यहीँ राशिमै रहनेछ। सूर्यको गोचरको शुभ-अशुभ प्रभाव सम्पूर्ण १२ वटै राशिहरुमा पर्छ। ग्रहहरुका राजा सूर्यको गोचर १२ मध्ये ३ राशिका जातकलाई अत्यन्तै शुभ साबित हुनेछ। साथै ४ राशिका व्यक्तिहरुले यस समयावधिमा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ, अन्यथा शत्रुले हानि पुर्याउन सक्छन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सूर्यको गोचर मेष राशिका जातकलाई अशुभ हुनेछ। यस राशिको क्रोध बढ्नेछ। कार्यस्थलमा विवाद हुन् सक्छ। यात्राको क्रममा सावधानी अपनाउनुहोला। खर्च बढ्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

खर्च बढ्नेछ। काममा बाधा-अवरोध आउनेछन्। अनिन्द्राको समस्या हुन् सक्छ। यद्यपि वैदेशिक क्षेत्रबाट भने लाभ मिल्नेछ। कार्यस्थलमा शत्रुहरूबाट सावधान रहनुहोस्। वरिष्ठ अधिकारीहरूबाट सावधान रहनुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

ठूलो आर्थिक लाभ हुन् सक्छ, जसले तपाईको आर्थिक स्थिति बलियो बनाउँछ। करियरमा तपाईको लागि समय राम्रो छ। राम्रो समाचार प्राप्त गर्नुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

काममा सफलता मिल्नेछ। आफन्तजनहरु प्रसन्न रहनेछन्। कार्यस्थलमा रमाइलो वातावरण रहनेछ। बढुवा-तलब वृद्धिको सम्भावना छ। व्यवसायीलाई फाइदा हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

परिश्रम अनुसार फल प्राप्त हुनेछैन्। खर्च बढ्नेछ। कुनै पनि रोगले सताउन सक्छ। काममा रोकावट आउनेछ। परिवारका व्यवहारले तपाईलाई निराश पार्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कामकाज सामान्य रहनेछ। जिम्मेवारी बढ्नेछ। अनावश्यक यात्राको आवश्यकता पर्न सक्छ। आकस्मिक आर्थिक लाभ हुन सक्छ। तर खर्च बढ्ने चिन्ताले सताउनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

कामकाजमा बढी ध्यान दिनुहोला। अन्यथा हानि-नोक्सानी ब्होर्नुपर्नेछ। खासगरी साझेदारीका काममा विशेष सजग रहनुपर्नेछ। थकान महसुस गर्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

रोगबाट राहत मिल्नेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। धन लाभ हुनुका साथै पद-प्रतिष्‍ठा बढ्नेछ। समग्रमा यस अवधि राम्रो रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कामकाजी मानिसहरुका लागि यो समय ठिकठाक रहनेछ। मान-सम्मान मिल्नेछ। धनमा वृद्धि हुनेछ। आर्थिक स्थिति मजबुत हुनेछ। साझेदारसँग तपाईको जोडी जम्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

करियरको सन्दर्भमा शुभ समाचार प्राप्त गर्नुहुनेछ। आमाको स्वास्थ्यको ख्याल राख्नुहोला। सम्पत्ति सम्बन्धी समस्याले पिरोल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

लगानीबाट लाभ हुनेछ। पद-प्रतिष्‍ठा प्राप्त गर्नुहुनेछ। यात्राको अवसर जुर्नेछ। दाजुभाइ तथा दिदीबहिनीसँग सद्भाव कायम राख्नुहोस्। स्वास्थ्यको ख्याल गर्नुहोला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

धन हानि हुन् सक्छ। अहंकारबाट टाढा रहनुहोस्, अन्यथा तपाईलाई हानि हुन् सक्छ। खर्च बढ्नेछ। कार्यस्थलमा बुद्धिमानीपूर्वक बोल्नुहोस्। विवादमा फस्ने सम्भावना प्रबल देखिन्छ।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख संक्रान्तिको दिन अपनाउनुहोस् यस्तो उपाय, सूर्यदेवले चम्काउनेछ भाग्य