बैशाख १ गतेको राशिफल : नववर्षको पहिलो दिन अत्यधिक शुभ छ यी राशिलाई

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७९ बैशाख १ गते बिहिबार हो। बिहिबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख १ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – बिहिबार(Thursday)।।। नक्षत्र – पूर्वफाल्गुनी , ८:३७ बजे उप्रान्त उत्तरफाल्गुनी ।।। तिथि – त्रयोदशी , २६:५३ बजे उप्रान्त चतुर्दशी ।।। करण –कौलव १५:०२ बजेदेखि तैतिल , २६:५३ बजे उप्रान्त भद्रा ।।। योग – वृद्धि , ८:४८ बजे उप्रान्त ध्रुव ।।। चैत ३०, २०७८, बुधबार ।।। १३ अप्रिल, सन् २०२२ ।।। द्वादशी, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४२ ने.सं.।।। सूर्योदय(sunrise) – ५: ४३ ।।। सूर्यास्त(sunrise) – १८:२७ ।।। कार्यक्रमहरू : नयाँ वर्ष (बिदा), महावीर जयन्ती (जैन धर्मावलम्बी मात्र), टोखा सपन तीर्थस्नान, विश्वधोजपातनं, भक्तपुरमा विश्वध्वज-उत्थान, वैशाख संक्रान्ति ।।।  शुभ साइत :- रुद्री गर्ने साइत, होम गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। व्यवहारमा निष्पक्षता ल्याउने प्रयास गर्नुहोस्। शरीरमा थकान र आलस्य र मनमा अशान्तिको अनुभव हुनेछ। क्रोधमा संयम राख्नुहोला। निर्धारित कार्य गर्न कोसिस गर्नुहोस्। धार्मिक यात्राको आयोजना गरिनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। स्वास्थ्य बिग्रन सक्छ। खानपानमा विशेष ध्यान राख्नुहोला। शारीरिक थकान र मानसिक अवरोध अनुभव गर्नुहुनेछ। यात्रा लाभदायक हुँदैन। तपाईं अफिसमा कामको बोझको कारण अधिक थकान अनुभव गर्नुहुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

विपरित लिंगीसँगको भेटले मन प्रशन्न रहनेछ। मित्र तथा प्रियजनसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ। वाहन सुख मिल्नसक्छ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। वैवाहिक जीवाकं सुखमय रहेनछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

घरमा सुख-शान्तिमय वातावरण रहनेछ। तपाईं जुनसुकै काममा ख्याती पाउनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यहरूसँग आननादम्य समय बित्नेछ। कार्यक्षेत्रमा लाबह मिल्ने सम्भावना छ। निम्न सहकर्मीहरूबाट लाभ मिल्नेछ। शत्रु पराजित हुनेछन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

साहित्य तथा लेखन क्षेत्रमा मन लाग्नेछ। प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रशन्न रहनेछ। सन्तानको प्रगतिको समाचार प्राप्त हुनेछ। विद्यार्थी वर्गको लागि दिन शुभ रहनेछ। स्त्री मित्रबाट लाभ मिल्ने सम्भावना छ। परोपकारी कार्यमा मन लाग्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरिक र मानसिक स्वास्थ्य ठिक नरहला। धेरै समस्याहरूको कारण मन व्याकुल रहनेछ। आफन्तसँग मदभेद हुनसक्छ। आमाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। यस दिन स्त्री वर्ग र पानीसँग सावधान रहनुहोला। सामाजिक क्षेत्रमा अपमान हुनसक्छ, सजग रहनुहोला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

धार्मिक यात्राको सम्भावना छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। नयाँ कार्य आरम्भ गर्नको लागि दिन शुभ रहनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ। पूँजी निवेश गर्नको लागि पनि दिन अत्यन्त शुभ छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अनावश्यक खर्च बढ्नेछ। परिवारमा वाद-विवाद हुनसक्छ। आफन्तसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। शारीरिक समस्याहरूको साथ मनमा ग्लानिको भावना रहनेछ। नकारात्मक मानसिकता नराख्नुहोस्। अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोस्। विद्यार्थी वर्गको लागि दिन शुभ छैन।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुहोस्। आर्थिक लाभ प्राप्त गर्नुहुनेछ। धार्मिक यात्राको सम्भावना उच्च छ। शुभ कार्यमा उपस्थित हुने मौका मिल्नेछ। दाम्पत्य जीवन सुखमय तथा आनन्दमय रहनेछ। सामाजिक क्षेत्रमा तपाईंको ख्याति वृद्धि हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यापारिक सञ्चालनमा सरकारी हस्तक्षेप बढ्नेछ। खर्च सामान्य भन्दा बढी हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा संलग्नता बढ्नेछ। स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। आफन्तहरु बीच मतभेद हुनसक्छ। तपाईंले अधिक मेहनत गरेर मात्र सफलता पाउनुहुनेछ। मानसिक व्याकुलता अनुभव गर्नुहुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ छ। जागिर र व्यवसायमा नाफाको सम्भावना छ। महिना मित्रबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक स्थिति मजबूत रहनेछ। सामाजिक क्षेत्रमा तपाईंको ख्याति बढ्नेछ। यात्राको सम्भावना छ। पत्नी तथा छोराबाट आनन्दमय समाचार मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

कार्यक्षेत्रमा कार्य सफलताका साथै उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। व्यापार व्यवसायमा बिस्तार हुनेछ। बुबा तथा अग्रजबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने योग रहेको छ। मान-सम्मान तथा पदोन्नती प्राप्त हुनेछ।

प्रकाशित : बुधबार, चैत ३०, २०७८२०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख संक्रान्तिको दिन अपनाउनुहोस् यस्तो उपाय, सूर्यदेवले चम्काउनेछ भाग्य