काठमाडौँ : ज्योतिष शास्त्रमा नौ ग्रहहरुमध्ये एक सूर्य ग्रहलाई ग्रहहरुका राजा मानिन्छ। कुनै व्यक्तिको कुण्डलीमा सूर्य उचित स्थानमा भएमा त्यस व्यक्तिको किस्मत चम्किन्छ। नव वर्ष २०७९ को बैशाख १ गते सूर्य मेष राशिमा प्रवेश गर्दैछ। शास्त्र अनुसार सूर्य मीन राशिबाट आफ्नो उच्च राशि मेषमा प्रवेश गर्दा धेरै राशिका लागि शुभ साबित हुनेछ। यसका साथै केही राशिका व्यक्तिहरुले नोक्सानी पनि ब्होर्नुपर्नेछ। सूर्य ग्रहको गोचरको कारण कुन-कुन राशिका जातकहरु सतर्क रहनुपर्नेछ त ? हेर्नुस्…
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सूर्यको राशि परिवर्तनको कारण वृष राशिका जातकले आफ्नो व्यापार-व्यवसाय सञ्चालन बढी मिहिनेत गर्नु पर्ने हुन्छ। जागिर गर्ने मानिसहरुका काम पनि समयमै पूरा हुँदैन्। सूर्यको यो गोचरले तपाईहरुका लागि पाचन सम्बन्धी समस्या निम्त्याउनेछ। त्यसैले आफ्नो स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सूर्यको गोचरको समयमा कन्या राशिका व्यक्तिहरुलाई सकेसम्म गैरकानूनी गतिविधिबाट टाढा रहन सल्लाह दिइन्छ। अन्यथा समस्याको भुमरी पर्नुहुनेछ। खर्च बढ्नेछ। यस अवधिमा टाउको दुखाई र जोर्नीको समस्याले पिरोल्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
ज्योतिष शास्त्रका अनुसार मकर राशिका व्यक्तिले यस अवधिमा कुनै पनि ठूलो लगानी गर्नु उचित हुँदैन्। साथै यस समयावधिमा तपाईले आफ्नो र आफ्नी आमाको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्न लागेको हो। त्यसैले यस अवधिमा मीन राशिका जातकलाई आफ्नो वाणीमा संयम राख्नुहुन अनुरोध गरिन्छ। यो राशि परिवर्तनले मीन राशिका मानिसहरुको स्वभावलाई अलि कडा बनाउन सक्छ। आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्, अन्यथा तपाईको क्रोधले तपाईंलाई समस्यामा पार्न सक्छ। ज्योतिष शास्त्रका अनुसार यस समयमा तपाईलाई आँखा, दाँत र घाँटी सम्बन्धी समस्या आउन सक्छ।