एजेन्सी : बलिउड अभिनेता रणवीर कपुरले लामो समय देखिको आफ्नी प्रेमिका आलिया भट्टसँग विवाह गरे । यो स्टार जोडी वैवाहिक बन्धनमा बाँधिएको लगभग एक वर्ष पुग्न लागिसकेको छ। अभिनेत्री आलिया भट्ट कुनैबेला रणबीर कपूरको ठूलो फ्यान थिईन्।
यसको मतलब रणबीर कपूर आफ्नै फ्यानसँग विवाह गरेका छन्। आफ्नै फ्यानसँग बिहे गर्ने रणबीर पहिलो भारतीय अभिनेता भने हैनन्। यस सूचीमा हामी ती स्टारहरुका बारेमा कुरा गर्दैछौँ, जसले आफ्नै फ्यानलाई पति-पत्नी बनाए।
दिलीप कुमार(Dilip Kumar) र सायरा बानो(Saira Banu) : यस सूचीमा बलिउडका ट्रयाजिडी किङ दिलीप कुमार र सुन्दर अभिनेत्री सायरा बानोको नाम छ। दिलीप कुमारको नाम मधुवाला(Madhubala)सँग जोडिने गरेको थियो तर उनीहरुको विवाह भने हुन सकेन। अर्कोतर्फ, सायरा बानो १२ वर्षको उमेरबाट नै दिलीप कुमारको प्रेममा पागल थिइन्। सायरा फिल्म क्षेत्रमा आएपछि यी दुईको भेट भयो र सायरा मात्र २२ वर्षको हुँदा ४४ वर्षका दिलीप कुमारसँग विवाह भयो।
राजेश खन्ना(Rajesh Khanna) र डिम्पल कपाडिया(Dimple Kapadia) : राजेश खन्नाको नाम पनि यो सूचीमा रहेको छ किनकि उनले पनि आफ्नी फ्यान डिम्पल कपाडियासँग विवाह गरेका थिए। सानै उमेरबाट राजेश खन्नाको ठूलो फ्यान रहेकी डिम्पललाई राजेशले नै विवाहको लागि प्रस्ताव राखेका थिए। यी दुई जोडी बीच १५ वर्षको उमेर अन्तर रहेको छ।
विवेक ओबेरोय(Vivek Oberoi) र प्रियंका अल्वा(Priyanka Alva) : ऐश्वर्या रायसँग ब्रेकअपपछि विवेक निकै एक्लै भएका थिए। त्यसपछि उनका आमा-बुबाले विवेक र प्रियंकाको भेट गराएका थिए। प्रियंका विवेकको प्रेममा पागल थिइन् र उनको अभिनय शैलीको पनि फ्यान थिइन्। जसपछि यी दुई बीच बिस्तारै बिस्तारै माया बढ्दै गयो र विवाह बन्धनमा बाँधिए।
शिल्पा शेट्टी(Shilpa Shetty) र राज कुन्द्रा(Raj Kundra) : शिल्पा र राज बलिउडको सबैभन्दा प्यारा जोडीमा पर्छन्। राज एक व्यापारी हुन् जो शिल्पाका ठूला फ्यान थिए। शिल्पा र राजको व्यापारिक यात्रामा भेट भएको थियो। राज शिल्पाका अत्यन्त ठूला फ्यान थिए, त्यसैले उनले शिल्पालाई हरेक कुरामा मद्दत गरे। राजको यहि स्वभाव शिल्पालाई निकै मन पर्यो। जसपछि यी दुई बीच प्रेम सम्बन्ध स्थापित भयो र प्रेम सम्बन्ध विवाहमा परिणत भयो।
जुही चावला(Juhi Chawla) र जय मेहता(Jay Mehta) : प्यारो मुस्कानका साथ हरेक मानिसको मन चोर्न सफल जुहीको विवाहको खबरले धेरैलाई चकित पारेको थियो। जुही बलिउडकी एक सुन्दर अभिनेत्री थिइन्। यस्तोमा सबैले सोचेका थिए कि उनी कुनै प्रख्यात अभिनेता वा क्रिकेटरसँग विवाह गर्छिन्। तर उनले आफ्ना ठूला फ्यान तथा व्यापारी जय मेहतासँग विवाह गरिन्।