शो वितरणमा ‘ए मेरो हजुर ४’ लाई विभेद, ‘के. जी. एफ २’ चाहे जति: ‘ए मेरो हजुर ४’ सीमितमा !

अहिलेको समयमा नेपालमा खुलेका ठूला-ठूला हलहरु स्वदेशी चलचित्र भन्दा पनि विदेशी चलचित्र चलाएर पैसा छाप्ने व्यस्त भएको देखिन्छ । पहिले देखि नै विदेशी चलचित्रलाई चाहे अनुसारको शो देने र नेपाली चलचित्रलाई केही मात्रामा मात्र शो दिने प्रचलन बढेको छ । केही समय पहिले दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ पर्दर्शन हुँदा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएनन र उक्त्त चलचित्रले नेपालका हलहरुमा एकलौटी राज गरेको थियो ।

आगामी नयाँ वर्ष बैशाख १ गतेबाट अभिनेत्री झरना थापाले निर्माण गरेको चलचित्र ‘ए मेरो हजुर’ को चौथो सिरिज रिलिज हुने तयारीमा रहेको छ । यस चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको छ । अहिले नेपालका हल संचालकले नेपाली चलचित्रलाई गरेको भेद स्पष्ट देखिएको छ ।

हालै सार्वजनिक एक खबर अनुसार देशकै ठूलो चेन क्यूएफ:-एक्समा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ ले मात्र २७ शो पाएको छ भने उही स्थानमा भारतीय चलचित्र ‘के. जी. एफ २’  ले ६९ शोजा पाएको छ । अहिले भारतीय चलचित्रलाई यति धेरै शो दिएर नेपाली चलचित्रलाई मुट्ठीमा सीमित राख्न खोजेको देखिएको छ ।

अहिले यी दुई चलचित्रको अग्रिम बुकिङ खुलेकोमा ‘ए मेरो हजुर ४’ अवस्था सामान्य छ भने भारतीय चलचित्र ‘के जी एफ २’ को बुकिङ आक्रामक भएको छ । प्राय: हल हरुमा नेपाली चलचित्रलाई अहिले आधा शो पनि मिलेको छैन । अहिलेको अवस्था हेर्दा ‘के जी एफ’ को कारण नेपाली चलचित्रलाई ठुलो धक्का लाग्ने देखिन्छ ।

प्रकाशित : आइतबार, चैत २७, २०७८११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भावस्थामा पनि अभिनेत्री काजल भइन् बो_:ल्ड, सार्वजनिक गरिन् यस्ता तस्बिर !