‘दङ्गल’ मा आमिर खानकी छोरी बनेकी यो बच्ची भैसकिन् तरुनी, सकिन्न चिन्न

एजेन्सी : बलिउड अभिनेता आमिर खानको फिल्म ‘दङ्गल’ हिन्दी सिनेमाको सबैभन्दा लोकप्रिय फिल्महरुमध्ये एक हो। यो फिल्मले दर्शकको अत्यधिक माया पाएको थियो। यो फिल्म भारतीय महिला पहलवान बबीता कुमारी फोगाट र गीता फोगाटको जीवनमा आधारित थियो।

यो फिल्मले बक्स अफिसमा बम्पर कमाई गरेको थियो। यस फिल्ममा गीता फोगटको बाल्यकालको भूमिका अभिनेत्री जायरा वसीमले निभाएकी थिइन्। तर यो फिल्ममा बबिता फोगटको बाल्यकालको भूमिका कसले निभायो भन्ने कुरा कमैलाई मात्र थाहा छ।

फिल्ममा आमिर खानले महावीर फोगटको भूमिका निभाएका थिए भने उनका ४ छोरीलाई देखाइएको थियो। फिल्ममा बबीताको भूमिका अभिनेत्री सुहानी भटनागरले निभाएकी थिईन्। अहिले उनी निकै भईसकेकी छिन्। अभिनेत्री सुहानी भटनागरको अहिलेका ताजा तस्बिरहरु हेरेमा उनलाई चिन्न लगभग गाह्रै पार्छ।

यो फिल्म रिलिज भएको ६ वर्ष भइसकेको छ। यसैबीच पछिल्लो समय सुहानी भटनागरको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। तस्बिर हेरेर उनलाई चिन्न गाह्रो हुन्छ। सन् २०१६ मा यो फिल्म रिलिज हुँदा उनी भर्खर १० वर्षकी थिईन्। अहिले सुहानी हलक्कै बढेकी छिन् र निकै सुन्दर भएकी छिन्।

१६ वर्षमा टेकेकी सुहानीका सुन्दर एवं आकर्षक तस्बिरले मानिसहरुलाई घायल बनाएको छ। सानै उमेरदेखि अभिनय यात्रामा होमिएकी उनले थुप्रै विज्ञापनहरुमा पनि काम गरेकी छिन्।

प्रकाशित : शनिबार, चैत २६, २०७८१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शो वितरणमा ‘ए मेरो हजुर ४’ लाई विभेद, ‘के. जी. एफ २’ चाहे जति: ‘ए मेरो हजुर ४’ सीमितमा !