काठमाडौँ : ज्योतिष शास्त्रमा ग्रहहरुका संयोजनलाई निकै महत्वपूर्ण मानिन्छ। अहिले शुक्र, मङ्गल र बृहस्पति एउटै राशि कुम्भमा विराजमान छ। शुक्र, मङ्गल र बृहस्पति एउटै राशिमा रहँदा केही राशिलाई लाभ होला भने केही राशिले विशेष सावधान अपनाउन आवश्यक हुन्छ। ग्रहहरुको महासंयोगले सबै १२ वटै राशिहरुमा कस्तो प्रभाव पार्ला ? पढ्नुहोस् मेष राशिदेखि मीन राशिसम्मको हाल…
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिको जीवनमा नयाँ मित्रको आगमन हुन् सक्छ। कारोबारमा सुधार हुनेछ। कुराकानीमा धैर्य राख्नुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नुहोला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मन अशान्त रहनेछ। अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। काममा वरिष्ठ अधिकारीहरूसँग सद्भाव कायम राख्नुहोला। व्यापार व्यावसायबाट आम्दानीमा वृद्धि होला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मनमा शान्ति मिल्नेछ। शैक्षिक वा बौद्धिक कार्यमा व्यस्तता बढ्नेछ। कामको चाप बढ्नेछ। दिनचर्या अव्यवस्थित हुन् सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
संयम रहनुहोला। सन्तानको स्वास्थ्यको ख्याल राख्नुहोला। शैक्षिक कार्यमा बाधा-अवरोध आउन सक्छ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
धैर्य रहनुहोला। मनलाई शान्त राख्नुहोला। परिवारमा धार्मिक कार्यमा बढी खर्च हुन् सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
आवेगमा नआउनुहोला। शान्तिका लागि पहल गर्नुहोस्। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोस्। व्यवसाय विस्तारका लागि पिताबाट धन प्राप्त हुन् सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मन शान्त रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा स्थिति सुधार हुनेछ। लाभको अवसरहरु प्राप्त हुनेछन्। साथीभाइको सहयोग मिल्नेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
पठनपाठनमा रुचि बढ्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा सुधार आउनेछ। साथीभाइको सहयोग पनि मिल्न सक्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मनमा निराशा र असन्तुष्टि रहनेछ। संयमित हुनुहोस् र बोलीमा मिठासपन ल्याउनुहोला। आय वृद्धिमा सहयोग मिल्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मनमा निराशा र असन्तुष्टि आउन सक्छ। धार्मिक पर्यटनको अवसर जुर्न सक्छ। आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मन प्रसन्न रहनेछ। भौतिक सुख बढ्नेछ। जीवनमा नयाँ मित्रको आगमन हुन् सक्छ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। व्यापार व्यावसायबाट हुने आयमा कमी आउनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
अनावश्यक क्रोध र झगडाबाट बच्ने प्रयास गर्नुहोस्। लामोसमयपछि मिल्ने साथीसँग भेट हुनेछ। रोकिएको पैसा पनि फेला पार्न सकिन्छ।