काठमाडौँ : शनिदोषबाट पीडित व्यक्तिहरुका लागि अप्रिल महिना धेरै खास छ। ज्योतिष शास्त्र अनुसार यहीँ महिना शनिले राशि परिवर्तन गर्दैछ। साढे दुई वर्षपछि अप्रिल २९ तारिखमा शनि मकर राशिमा प्रवेश गर्दैछ। शनि यो राशि परिवर्तन केही राशिका लागि टाउको दुखाईको विषय बन्नेछ। शनिको यो राशि परिवर्तनले अकल्पनीय समस्या निम्त्याउँछ। साथै शनिको राशि परिवर्तनले केही राशिलाई शनिको दशाबाट मुक्त गराउँछ।
ज्योतिषशास्त्रका अनुसार शनिको यो परिवर्तनका कारण कर्कट र वृश्चिक राशिका जातकमा साढे दुई वर्षको लागि दशा सुरु हुनेछ। साथै मीन राशिमा शनिको साढेसाती सुरु हुन्छ। त्यस्तै मिथुन र तुला राशिका जातकले शनिको ढैय्याबाट छुटकारा पाउनेछन्। जबकि धनु राशिका जातक साढेसातीबाट मुक्त हुनेछन्।
ज्योतिष शास्त्र अनुसार शनिको साढेसातीले जस्तै ढैय्याले पनि मानिसहरुका जीवनलाई प्रभावित पार्छ। साढेसातीको अवधि साढे सात वर्षको हुन्छ भने ढैय्या काल अढाई वर्षको हुन्छ। यतिबेला शनिदेव मकर राशिमा छ र राशि परिवर्तन गरी कुम्भ राशिमा आउनेछ।
शनिदेवको प्रकोपबाट मुक्ति पाउन चैत्र नवरात्रीको अष्टमी तिथिलाई विशेष मानिन्छ। यसलाई महाअष्टमी पनि भनिन्छ। यस दिन माता महागौरीको पूजापाठ विधिविधानपूर्वक गर्ने प्रचलन छ। माता महागौरीको पूजा गरे शनिको पीडाबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। यस दिन दुर्गा चालीसाको पाठ गर्नुहोला। साथै शनि चालीसा र हनुमान चालीसा पनि पाठ गर्नुहोस्। यसका साथै साँझ पीपल बोटमा दियो बाल्नुहोला।