एजेन्सी : चर्चित बलिउड फिल्म ‘सनम बेवफा’ ले कुनैबेला सबै दर्शकको मनमुटु जितेको थियो। यो भारतीय चलचित्रले दर्शकको अत्याधिक माया पाएको थियो। यो फिल्मले भारतीय बक्स अफिसमा धमाका मच्चाएको थियो। यस फिल्ममा बलिउडको दिग्गज कलाकार सलमान खान र उनीसँग नयाँ अभिनेत्री नवोदिता शर्मा देखिएकी थिईन्। यो फिल्ममा नवोदिता शर्माले चाँदनीको भूमिका निभाएकी थिईन्।
नवोदिताले यो भूमिकापछि रातारात लोभलाग्दो लोकप्रियता हासिल गरेकी थिईन्। यद्यपि उनी यो फिल्मपछि बलिउडमा कमै सक्रिय भईन्। समयाक्रम बित्दै जाँदा उनी बलिउडबाट टाढिइन्। उनले धेरै कम उमेरमै फिल्मका लागि अडिसन दिएकी थिईन्। उनको पहिलेको तस्बिर र अहिले तस्बिर हेर्नुभएमा तपाईको आँखा तिर्मिर्याउनेछ।
नवोदिता कलेजमा अध्ययन गर्दै थिईन्। उनले एकदिन पत्रिकामा सनम बेवफा फिल्मका निर्देशक सावन कुमारले छपाएको विज्ञापन देखिन्। त्यसपछि उनले अडिसन दिने इच्छा व्यक्त गरिन्। अडिसन दिएपछि उनी तत्कालै यस फिल्मको मुख्य नायिकामा छनोट भईन् र उनीसँगै यस फिल्मको मुख्य नायकमा सलमान खानलाई छनोट भए।
पहिलो फिल्मबाटै राम्रो चर्चा पाएकी उनले त्यसपछि हीना, उम्र 55 की दिल बचपन का, जान से प्यारा, अ लभ स्टोरी, जय किशन, इक्के पे इक्का, आजा सनम र हाहाकार जस्ता बलिउड फिल्महरुमा काम गरिन्। नवोदिता शर्मा एक बहुप्रतिभाशाली अभिनेत्री हुन्। उनी एक कुशल नृत्य शिक्षिका पनि हुन्। उनी आफ्नै डान्स स्कूल चलाउँछिन्।