भोजपुरी सुपरस्टार दिनेश लाल यादव अर्थात निरहुआ यतिबेला नेपालमा छन् । निरहुआसँगै आम्रपाली दुबे पनि छन् । दुवैले आफ्नो आगामी फिल्म ‘निरहुआ भलन करोडपति’ को सुटिङ नेपालमा गरिरहेका छन् । यस क्रममा यी दुईको एक तस्बिर सार्वजनिक भएको छ , जसमा निरहुआ र आम्रपाली नेपाली बेहुला-बेहुलीको भेषमा देखिएका छन् ।
वास्तवमा यो विवाह चलचित्रको सुटिंङको हो । निरहुआले आम्रपालीसँगको एउटा तस्बिर सेयर गरेकी छिन् जसमा दुवै नेपालको परम्परागत पोसाकमा देखिएका छन्। तस्बिर सेयर गर्दै निरहुआले लेखेकी छन्, ‘नेपाली विवाह’। अहिले फिल्ममा दुवैले विवाह गरे पनि फ्यानदेखि लिएर कतिपय सेलिब्रेटीले उनीहरुलाई बधाई दिइरहेका छन् ।
यी दुवैले आफ्नो आगामी फिल्म ‘निरहुआ बनाल करोडपति’ को सुटिङ नेपालमा गरिरहेका छन् । सुटिङका क्रममा दुवैले फोटो र भिडियो सेयर गरिरहन्छन् ।
अहिले आम्रपालीले पनि एउटा भिडियो पनि सेयर गरेकी छिन् जसमा दुवै मण्डप नजिकै देखिएका छन् । भिडियो सेयर गर्दै आम्रपालीले लेखेकी छिन्, ‘नेपालमा हाम्रो पहिलो रिल’।
नेपालमा पनि भोजपुरी चलचित्रलाई निकै रुचाइने गरिन्छ । पछिल्लो समयमा नेपाली चलचित्रका चर्चित अभिनेता बिराज भट्ट पनि भोजपुरी चलचित्रमा निकै व्यस्त छन् ।