दिवास्वप्न हैन, स्वदेशी-विदेशी सबैले १३२ रुपैयाँमा घर किन्न सक्छन् यहाँ

एजेन्सी : आफ्नै नाममा घर किन्ने या बनाउने सपना सबैको हुन्छ। भाडाको घरमा बस्न कसैलाई मन पर्दैन्। तर अहिले घरको भाउ यति बढेको छ कि सर्वसाधारणले किन्न सक्ने अवस्था छैन। यस्तो अवस्थामा यदि तपाईले जम्मा १३२ रुपैयाँमा घर पाउनुभएमा के गर्नुहुन्छ ? यो रकम सुनेर तपाईलाई लाग्न सक्छ, हामी १३२ हजार या लाखको कुरा गर्दैछौँ। त्यस्तो बिल्कुलै हैन। जम्मा १३२ रुपैयाँमा तपाई घरको मालिक बन्न सक्नुहुन्छ। तपाईको मनमा खुल्दुली आउँला, यति सस्तोमा घर कहाँ पाईन्छ र ती घर यति सस्तोमा किन पाईरहेको छ ? यो सबै थाहा पाउन यो आर्टिकल अन्तिमसम्म पढ्नुहोला।

१३२ रुपैयाँको यो घर इटली(Italy)को सिसिली(Sicily) स्थित मुसोमेली(Mussomeli) शहरमा पाइन्छ। यद्यपि यो घर किन्नका लागि केही नियम र सर्तहरू पालन गर्नुपर्ने हुन्छ। त्यहाँका स्थानीय प्रशासनले पुराना घर बेच्नका लागि एक युरो(नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार १ युरो बराबर १३२ रुपैयाँ रहेको छ।) को अभियान चलाईरहेको छ। यद्यपि उक्त घर खरिद गरेपछि केही नियमहरु पालना गर्नुपर्नेछ। तीमध्ये मुख्य नियम भनेको घर खरिद गरेको लगभग एक देखि तीन वर्षभित्र उक्त घर पुनर्निर्माण गर्नुपर्नेछ।

जनसङ्ख्या कम रहेको यस गाउँमा थुप्रै पुराना खाली घरहरु छन्। यहीँ कारण इटली सरकारले मानिसहरुलाई १ युरोको स्किमअन्तर्गत घर खरिद गर्ने मौका दिईरहेका छन्। यसबाट सरकारलाई दुईवटा फाइदा हुनेछन्। पहिलो उक्त शहरको जनसङ्ख्या बढ्नेछ र स्थानीय मानिसहरुको आम्दानी पनि बढ्छ। अर्को पुराना घर खरिद गरेकाले एक देखि तीनवर्षभित्र उक्त घर नयाँ जस्तै बनाउँछन् र उक्त शहरको सुन्दरता बढ्छ।

यो अभियानलाई कोरोना महामारीकालमा थप मान्यता दिईएको थियो। कोरोनाका कारण धेरै ठाउँमा यसरी नै घरजग्गाको मूल्य घटेको थियो। धेरैले आफ्नो घर वा फ्ल्याट आधा मुल्यमा बेचे। बेलायतबासी एक अस्ट्रेलियन नागरिक ड्यानी म्याक्युबिन(Danny McCubbin)ले १३२ रुपैयाँ पर्ने घर खरिद गरेका थिए। तर कामदारको अभावमा उनले घर मर्मतसम्भार गर्न सकेनन्। विगत केही महिनादेखि इटालीले कामदारको अभावको सामना गरिरहेको छ। यहीँ कारण उनले घर बेच्नु पर्यो।

ड्यानी म्याक्युबिनले सिसिलीको काल्टानिसेटा(Caltanissetta) प्रान्तस्थित मुसोमेली शहरमा घर खरिद गरेका थिए। मेनफ्रेडो तृतीय चियारामोन्टे(Manfredi III Chiaramonte) ले १४ औँ शताब्दीमा मुसोमेली शहर स्थापना गरेको मानिन्छ। त्यतिबेला यसको नाम ‘मेनफ्रेडो’ थियो।

प्रकाशित : बुधबार, चैत २३, २०७८१४:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काँखी र खुट्टाका रौँका फोटोहरु बेचेर लाखौँ कमाउँछिन् यो महिला, वार्षिक कमाई सुनेमा छक्क पर्नुहुनेछ