तस्बिरमा ३ कतिवटा छन् ? आफूलाई स्मार्ट ठान्नेको पनि छुट्छ पसिना !

एजेन्सी : कतिपय मानिसहरु आफूलाई धेरै स्मार्ट ठान्छन्। उनीहरु सारा संसारको ज्ञानको भण्डार र दिमाग आफूसँगै छ भने महसुस गर्छन्। उनीहरु प्राय: अरुको अगाडी आफू बुद्धिमान भएको देखाउँछन्। तर जब तिनको दिमागको टेस्ट लिईन्छ तब तिनीहरुले फेल खान्छन्। यदि तपाई पनि आफूलाई स्मार्ट सोच्नुहुन्छ भने आफ्नो दिमागको चेक गर्नुहोस्।

यो तस्बिरलाई ध्यान दिएर हेर्नुहोस्। यो तस्बिर एक स्मार्टफोनको किप्याडको स्क्रिनसट हो। यो तस्बिरमा ध्यान दिनुपर्ने कुरा भनेको यहाँ कतिवटा ३ छन् त। तस्बिरमा तपाईले जम्मा कतिवटा ३ देख्नुभयो त ? यसको जवाफ तपाईले २०-३० सेकेन्ड भित्र दिईसक्नुपर्नेछ। यहीँ समयावधि भित्र तपाईले फटाफट ३ को सही सङ्ख्या बताउनुपर्नेछ।

यो प्रश्न तपाईलाई हेर्दा धेरै सरल लाग्न सक्छ। तर सहि उत्तर बताउन धेरैलाई पसिना छुट्न सक्छ। धेरै मानिसहरूले यो रिडल(Riddle) हल गर्न प्रयास गरे। तर अधिकांस सफल हुन सकेनन्। धेरैजसो मानिसहरुले यसको गलत जवाफ दिएका छन्। कसैले १५ वटा ३ त कसैले १८ वटा ३ छन् भनेका छन्। तपाईले पनि शायद यहीँ आसपासको सङ्ख्या सोच्नुभएको होला।

ल ठिकै छ, हामी तपाईलाई दोस्रो मौका दिन्छौँ। यो तस्बिरलाई एकपटक ध्यान दिएर हेर्नुहोस्। अलि घोरिएर सोचेर दिमागमा बत्ती बाल्नुहोला। आफ्ना तेजिला एवं टाठा आँखाको प्रयोग गर्नुहोस्। राम्ररी सोचेर सहि उत्तर दिनुहोस्। जसले सही उत्तर दिनेछन्, तिनी चतुर साबित हुनेछन्। त्यसोभए तपाईंले सही जवाफ पाउनुभयो ?

खासमा यो तस्बिरमा जम्मा १९ वटा ३ छन्। पहिलो नजरमा अधिकांस मानिसहरुले जम्मा १८ वटा ३ भेट्टाउँछन्। तर यहाँ एउटा तीन ४ अङ्कको तल ‘I’ को सट्टामा लेखिएको छ। यो ३ लाई जोडेर तस्बिरमा १९ वटा ३ छन्। त्यसैले १९ यसको सही उत्तर हो।

तपाईको दिमाग टेस्ट त भयो। तर के तपाईका साथी तपाईभन्दा बाठा छन् त ? यो जान्नको लागि यो आर्टिकल शेयर या तपाईका साथीलाई मेन्सन गर्नुहोस्।

प्रकाशित : बुधबार, चैत २३, २०७८१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिवास्वप्न हैन, स्वदेशी-विदेशी सबैले १३२ रुपैयाँमा घर किन्न सक्छन् यहाँ