‘ए मेरो हजुर ४’ सँग भिडेर ‘के. जी. एफ २’ वितरकलाई लगानी उठाउन सहज छैन !

पछिल्लो समयमा नेपाली चलचित्र बजारमा भारतीय चलचित्रको राजा चल्न लागेको छ । त्यस्तै केही समय पहिले दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ ले निकै चर्चा पाएको थियो । उक्त समयमा भारतीय चलचित्र लाग्दा नेपाली चलचित्रले आफ्नो प्रदर्शन मिति सारेका थिए । भने अहिले पनि केही दिन यस्ता नेपालका हालहरुमा भारतीय चलचित्र ‘आरआरआर’ प्रदर्शन भएको छ ।

अहिले चलचित्र ‘आरआरआर’ ले नेपाली चलचित्र क्षेत्रेबाट ठूलो रकम उठाएको छ । अहिले अवस्थामा नेपाली चलचित्रलाई आफ्नो लगानी उठाउन मुस्किल भएको समयमा भारतीय चलचित्रले राज गर्नु भनेको नेपाली चलचित्रलाई चुनौतीको विषय भएको छ ।

त्यस्तै आगामी बैशाख १ गते नायक अनमोल केसी र अभिनेत्री सुहाना अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउँदै छ भने सोही मितिमा दक्षिण भारतको चलचित्र ‘के जी एफ २’ प्रदर्शनमा आउने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नायक अनमोलको फ्यान फलोइंङ ठुलो सङ्ख्यामा छ भने ‘के जी एफ’ को पहिलो सिरिजलाई नेपाली दर्शकले निकै रुचाइएको चलचित्र हो ।

अहिले नेपाली वितरक टिमले फिल्म ‘के जी एफ २’ नेपालमा ल्याउनको लागि ३ करोड २० लाख खर्च गरिएको भनिएको छ भने ‘ए मेरो हजुर ४’ करिब २ करोडको लगानीमा बनेको निर्माण टिमले जनाएको छ । अहिले अनमोलको फ्यान फलोइंङ र फिल्म ‘के जी एफ २’ को पहिलो सिरिजमा नेपाली दर्शकलको लगाव हेर्ने हो भने यी दुई चलचित्रको लगानी कर्तालाई आफ्नो लगानी उठाउँन सहज परिस्थिति हुने देखिँदैन ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगलबार आयोजित कार्यक्रम बलिउड अभिनेत्री तथा टिभी अभिनेत्रीहरुको बो:_ल्ड रुप, तस्बिर सहित !