साढे दुई वर्षपछि न्यायका देवता शनिले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् । शनिको राशि परिवर्तन अप्रिल २९ मा हुनेछ। यो राशि परिवर्तनको कतिपयलाई फाइदा हुनेछ भने कतिले नोक्सान बेहोर्नु पर्नेछ । केही राशिले शनि नकारात्मक प्रभावबाट मुक्ति पाउनेछन्। अप्रिल २०२२ मा ३० वर्षपछि शनिले आफ्नै राशिमा कुम्भमा प्रवेश गर्न लागेको छ । शनि कुम्भ राशिमा प्रवेश गर्दा १२ राशि मध्य ४ राशिलाई अत्यन्तै शुभ हुने भएको छ । कुन–कुन ती राशिहरु जान्नुहोस् ।
वृष राशि
यो राशिका लागि शनिको गोचर शुभ रहनेछ। तपाईको भाग्य चम्किनेछ। यस अवधिमा धेरै धन प्राप्त गर्न सफल हुनुहुनेछ। व्यापार होस् वा जागिर, हरेक क्षेत्रमा सफलताको प्राप्ति हुनेछ। जागिरमा पदोन्नतिको प्रबल सम्भावना छ। तपाईको जीवनमा खुसीको लहर आउनेछ।
सिंह राशि
यो समय तपाईलाई आर्थिक समृद्धि ल्याउने छ। आर्थिक संकटबाट मुक्ति मिल्ने। धन आर्जनमा सफलता मिल्नेछ। वैदेशिक यात्राको अवसर पनि छ। कतैबाट रोकिएको धन प्राप्त हुन सक्छ।
कन्या राशि
यो समय तपाईको लागि भाग्यशाली साबित हुनेछ। आर्थिक रुपमा बलियो स्थिति रहनेछ। तपाईको पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनमा धेरै क्षेत्रमा लाभ मिल्नेछ। भाग्यले हरेक कुरामा साथ दिनेछ। घरजग्गामा लगानी गर्न समय अनुकूल रहेको छ।
धनु राशि
शनिको गोचरले तपाईका लागि धन लाभको योग बनाउँदै छ। कार्यस्थलमा प्रगति मिल्नेछ। आर्थिक अवस्था मजबुत रहनेछ। विदेश यात्राको अवसर मिल्नेछ। फसेको धन फिर्ता हुनसक्छ। व्यापारमा राम्रो सफलता मिल्नेछ।