ज्योतिष शास्त्रका अनुसार कुनै ग्रहको राशि परिवर्तन वा उदय र अस्त हुँदा त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्छ । छाया ग्रह केतुले मंगल ग्रहको अधीनमा रहेको वृश्चिक राशिबाट शुक्र ग्रहको शासन भएको तुला राशिमा अप्रिल १२, २०२२ मा बिहान ११:१८ बजे प्रवेश गर्नेछ। केतुको राशि परिवर्तनको प्रभावले सबै १२ राशिलाई असर गर्नेछ। तस्य मध्य जान्नुहोस् कुन-कुन राशिलाई हुनेछ अथाह फाइदा….
मकर राशि
केतु ग्रहको राशि परिवर्तन हुनासाथ मकर राशिका लागि शुभ दिन सुरु हुनेछ। केतु मकर राशिको ११ औँ घरमा प्रवेश गर्दै छ। जसलाई आम्दानी र नाफाको घर भनिन्छ। तसर्थ यस समयमा मकर राशिको आम्दानी बढ्नेछ । आकस्मिक आर्थिक लाभको सम्भावना पनि छ । यो परिवर्तन व्यापारीहरूका लागि लाभदायक साबित हुनेछ।
कर्कट राशि
कर्कट राशिका लागि केतुको राशि परिवर्तन लाभदायी साबित हुनेछ। केतुले कर्कट राशिको चौथो घरमा प्रवेश गर्दै छ। उक्त्त घरलाई सुख र माताको घर भनिन्छ। यो परिवर्तन विशेष गरी भाषाहरू सिक्न चाहनेहरूका लागि लाभदायक हुनेछ। पेशा व्यवसायीहरूले नयाँ प्रस्ताव प्राप्त गर्न सक्छन्। अविवाहित व्यक्तिको जीवनमा विशेष व्यक्तिको प्रवेश हुन सक्छ।
कुम्भ राशि
केतुले कुम्भ राशिको नवौँ घरमा प्रवेश गर्दै छन् । नवौँ घरलाई भाग्यको घर भनिन्छ। यस समयमा भाग्यको पूर्ण साथ मिल्नेछ। जुनसुकै काममा लिए पनि सफलता मिल्नेछ । प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूका लागि यो समय शुभ रहनेछ। यो समयमा पदोन्नति र सम्मान प्राप्त गर्न सक्नुहुनेछ।