काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र २३ गते बुधबार हो। बुधबारको दिन भगवान श्रीगणेशलाई समर्पित हुन्छ। यस दिन श्रीगणेशको विधिवत् पूजा-अर्चना गरिन्छ। बुधबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
चैत्र २३ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –बुधबार (Wednesday)।।। नक्षत्र – रोहिणी , १८:४६ बजे उप्रान्त मृगशिरा ।।। तिथि – पञ्चमी , १६:५२ बजे उप्रान्त षष्ठी ।।। करण – वालव १६:५२ बजेदेखि कौलव , २९:५२ बजे उप्रान्त गर ।।। योग –आयुष्मान् , ८:०८ बजे उप्रान्त सौभाग्य ।।। चैत २३, २०७८, बुधबार ।।। ०६अप्रिल, सन् २०२२ ।।। पञ्चमी, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४२ ने.सं.।।। सूर्योदय(sunrise) – ५: ५१ ।।। सूर्यास्त(sunrise) – १८:२३ ।।। कार्यक्रमहरू : – विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेल दिवस(International Day of Sport for Development and Peace) ।।। शुभ साइत :- पास्नी गर्ने साइत, पसल खोल्ने साइत, रुद्री गर्ने साइत, ब्रतबन्ध गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
दिन सावधानीपुर्वक बिताउनुहुनेछ। चिसो र ज्वरोको कारण स्वास्थ्य खराब हुनेछ। आफन्तसँग वियोग हुनेछ। धर्म गर्दा पैसा लुटिने परिस्थिति निर्माण हुन सक्ला। मानसिक अस्वस्थताको अनुभव हुनेछ। धार्मिक र सामाजिक कार्यमा खर्च हुनेछ। गलत ठाउँमा लगानी नगर्नुहोला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
परिवारमा सुख-शान्तिको वातावरण बनिरहनेछ। कुटुम्ब र मित्रसँग आनन्दको पल बिताउनुहुनेछ। आय र व्यापार-धन्दा वृद्धि हुनेछ। रमणीय स्थानमा घुम्न जानुहुनेछ। स्त्री वर्ग तर्फबाट लाभ हुनेछ। व्यापारको क्षेत्रमा सम्पर्क र पहिचानबाट लाभ हुनेछ। पुत्र र श्रीमतीबाट विशेष लाभ हुनेछ। उत्तम दाम्पत्य सुखको अनुभूति हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
शारीरिक र मानसिक सुख बनिरहनेछ। पेसा – व्यवसायमा तपाईको कार्यको प्रशंसा हुनेछ। व्यापारीद्वारा गरिएको कामको कदर हुनेछ। जसकारण तपाई अधिक प्रोत्साहित हुनुहुनेछ। पदोन्नतिको योग रहेको छ। समाजमा मान- प्रतिष्ठा बढ्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ। गृहस्थ जीवन आनन्दपूर्ण रहनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
तपाईको दिन धर्मकर्म प्रति रहनेछ। कुनै तीर्थ स्थानमा जाने प्रसंग बन्नेछ। शारीरिक र मानसिक रूपले प्रफुल्लित रहनुहुनेछ। भाग्यवृद्धिको अवसर मिल्नेछ। परिवारमा भाई-बहिनीसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। विदेश यात्राको लागि अनुकुल संयोग निर्मित रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
तपाईको दिन थोरै परिकूलतामय रहनेछ। स्वास्थ्यको सम्बन्धमा तपाईको विशेष ध्यान राख्नुहुनेछ। बाहिरको खानपिनबाट बच्नुहोला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। पारिवारिक सदस्यसँग सावधानीपूर्वक रहनुहोला। भगवानको नाम स्मरण र आध्यात्मिक विचार, अध्ययन चिन्ता कम गरेर सही मार्ग देखाउनुहुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
दिन अनुकूलताले परिपूर्ण रहनेछ। तपाईको जीवनसाथीसँग निकटताको क्षण आनन्दमय रहनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ। विपरीत लिंगीय व्यक्तितर्फ आकर्षण अनुभव गर्नुहुनेछ। सामाजिक र सार्वजनिक क्षेत्रमा मान- प्रतिष्ठा वृद्धि हुनेछ। उत्तम भोजन र कपडा प्राप्त हुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
घरमा शान्ति र आनन्दको वातावरण रहनेछ। सुखदायक घटना घट्नेछ। कार्यमा प्रसिद्दी र सफलता मिल्नेछ। आवश्यक काममा खर्च हुनेछ। माईति पक्षबाट समाचार आउनेछ। आर्थिक लाभको सम्भावना रहेको छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सन्तानको समस्याले चिन्तित रहनुहुनेछ। मानहानि हुने सम्भावना रहेको छ। शेयरमा लगानी नगर्नुहोला। विधार्थीले पढाईमा सफलता पाउनेछन्। आर्थिक आयोजन सफलतापूर्वक पूरा गर्नुहुनेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
तन-मनमा उर्जाको अभाव रहनेछ। मनमा चिन्ताको भार रहनेछ। पारिवारिक वातावरण कलुषित रहनेछ। आमासँग मनमुटाव हुनेछ। अथवा आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। सार्वजनिक रूपमा स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। अनिन्द्रा र समयमा भोजन नमिल्दा स्वभाव परिवर्तन हुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
दैनिक कार्यमा अनुकुल परिस्थिति निर्मित हुँदा राहत महसूस गर्नुहुनेछ। गृहस्थजीवनको समस्याको हाल मिल्नेछ। सम्पत्ति सम्बन्धि कामकाजको हाल मिल्नेछ। व्यापार- धन्दामा आर्थिक लाभ मिल्नेछ। भाईबहिनीको सहयोग मिल्नेछ। विधार्थीको लागि राम्रो समय रहेको छ। प्रिय व्यक्तिसँग भेट हुनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बोलीमा ध्यान राख्नुहोला। वाद-विवादमा नउत्रिनुहोला। अनावश्यक खर्च नगर्नुहोला। कार्यमा कम सफलता मिल्नेछ। सन्तोषको भावनाको अनुभव हुनेछ। स्वास्थ्य खराब हुनेछ। विधार्थीको विद्याप्राप्तिमा बाधा आउनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
दिन आनन्द र उत्साहमा बित्नेछ। घरमा कुनै मांगलिक प्रसंगको आयोजन हुनेछ। नयाँ कार्य आरम्भ गर्नको लागी शुभ दिन रहेको छ। आफन्त र मित्रसँग भेट हुनेछ। बाहिर भोजन गर्न वा घुम्न जाने प्रसंग आउनेछ। तन-मनबाट प्रफुल्लित रहनुहुनेछ।