नवरात्रिको प्रत्येक दिन माता अम्बेको फरक-फरक रूपको पूजा गरिन्छ। पहिलो दिनको कुरा गर्ने हो भने यस दिन माताको शैलपुत्री स्वरूपको पूजा गरिन्छ। हिमालका राजा हिमालयको घरमा माता शैलपुत्रीको जन्म भएको थियो। जसका कारण उनी शैलपुत्री भनेर चिनिन थालिन्। माताको यो रूपको वाहन गोरु हो। माताको यो रूपलाई करुणा र स्नेहको प्रतीक मानिन्छ। जान्नुहोस् माताको यो रूपको पूजा कसरी गर्ने, विधि, कथा र मन्त्र के छ।
शैलपुत्री माताको पूजा विधि:
नवरात्रको पहिलो दिन कलश स्थापना गरेपछि देवीको यो स्वरूपको पूजा गर्नुहोस्। बिहान सूर्योदय अघि उठ्ने, नुहाउने र सफा लुगा लगाउने। पूजास्थलमा रातो रङको कपडा बिछ्याएर माताको मूर्ति स्थापना गर्ने। मातालाई धूप दियो गरेर र रातो रंगको फूल चढाउनुहोस्। देवीलाई फलफूल र मिठाई चढाउनुहोस्। अन्त्यमा शैलपुत्री माताको मन्त्र जप गर्नुहोस्।
शैलपुत्री माताको मन्त्र:
ॐ देवी शैलपुत्र्यै नमः॥
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्। वृषारुढां शूलधरां शैलपुत्रीं यशस्विनीम्॥
स्तुति: वा देवी सर्वभूतेषु मां शैलपुत्री रुपेना संस्था। नमस्तशाय नमस्तै नमस्तै नमस्तै नमो नमः