यी दिनमा भुलेर पनि गर्न हुँदैन यस्ता काम, अन्यथा भगवान गणेश हुनेछन् क्रोधित ।

धार्मिक मान्यता अनुसार प्रत्येक महिनाको शुक्ल पक्षको चतुर्थीका दिन विनायक चतुर्थी मनाइन्छ । चैत्र महिनाको विनायक चतुर्थी अप्रिल ५ तारिक मंगलबार परेको छ । यस अवधिमा चैत्र नवरात्रि पनि हुनेछ। यस दिन भगवान गणेशको पूजा गर्ने र व्रत बस्ने प्रचलन रहेको छ । शास्त्र अनुसार यस दिन केही यस्ता कम गर्न निषेध गरिएको छ । जान्नुहोस् यस दिन कस्ता काम गर्न हुँदैन ।


विनायक चतुर्थीमा गणेशको पूजा गर्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती
धार्मिक मान्यता अनुसार विनायक चतुर्थीको दिन गणेशको लागि दीप प्रज्वलन गर्ने स्थान बारम्बार परिवर्तन गर्नु हुँदैन । साथै गणेशको सिंहासनमा बालेको दियो राख्नु हुँदैन । वास्तवमा त्यसो गर्नु निकै अशुभ मानिन्छ ।

विनायक चतुर्थीको दिन गणेशजीको स्थापना गर्ने ठाउँ एक्ल नछोड्नुहोस्। त्यहाँ कोही उपस्थित भइ रहनुहोस् । यसका साथै गणेशको उपासना र व्रतमा मन, कर्म र वचन शुद्ध हुनु आवश्यक छ । यस बाहेक यस दिन ब्रह्मचर्य पालन गर्नुहोस्।

धार्मिक ग्रन्थ अनुसार गणेशको पूजामा तुलसीको पातको प्रयोग गर्नु हुँदैन । यसो गर्नाले भगवान गणेश क्रोधित हुने धार्मिक विश्वास छ । पौराणिक कथा अनुसार भगवान गणेशले तुलसीलाई श्राप दिएर पूजा गर्नबाट रोकेका थिए ।

विनायक चतुर्थी व्रतमा फलाहारको समयमा खानामा नुन भुलेर पनि प्रयोग नगर्नुहोस् । यस बाहेक यस दिन कालो कपडा नलगाउनुहोस्। वास्तवमा यसलाई नकारात्मक ऊर्जाको प्रतीक मानिन्छ।

चैत्र विनायक चतुर्थीको दिन भगवान गणेशको पीठ नदेखिने गरी स्थापना गर्नुहोस्। ताकी भगवान गणेशको पिठ नदेखियोस् । धार्मिक मान्यता अनुसार भगवान गणेशको पिठ देखिदा जीवनमा दरिद्रता आउने जनविश्वास छ ।

प्रकाशित : आइतबार, चैत २०, २०७८११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मङ्गलदेवको कृपाले धनवान् हुनेछन् यी ५ राशिका जातक, पर्सीबाट बदलिनेछ भाग्य