प्रेम, आकर्षण, कला, सौन्दर्य, सौभाग्य, वैभव, सुख, समृद्धिको कारक ग्रह शुक्र मित्र ग्रह शनि देवको राशि कुम्भ राशिबाट शनि देवको दोस्रो कुम्भ राशिमा आगामी चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि चैत १७ गते बिहीबारको दिन बिहान ९:५० बाट प्रवेश गरेका छन् र शुक्र बैशाख १५ गते अप्रिल २०२२ बिहीबार बिहान ७:३० सम्म कुम्भ राशिमा रहनेछ। यस राशि परिवर्तनको कारण केही राशिलाई अत्यन्तै शुभ हुने भएको छ ।
मेष राशि
धनेश र सप्तमेस भएर लाभको घरमा छन् । यस समयमा धन व्यापार, वाणी व्यापारबाट धन लाभ सम्भव छ । अध्यापनमा प्रगति हुनेछ ।
प्रेम सम्बन्ध र जीवन साथीबाट लाभ मिल्नेछ । साझेदारी कार्यहरूमा लाभ स्थिति रहेको छ । सन्तानको पक्षबाट लाभको स्थिति रहनेछ । व्यापारिक क्षेत्रबाट लाभ हुनेछ ।
मिथुन राशि
व्ययेश-पंचमेश भएर भाग्य भावमा बसेका छन् । धनसम्पत्ति र पारिवारिक आम्दानको स्रोतगरु बढ्ने छन् । सन्तान पक्षबाट लाभ र चिन्ताबाट मुक्तिको सम्भावना रहेको छ ।
सिंह राशि
राज्येश- पराक्रमेश एक साथमा भएर सप्तम भावमा विराजमान भएका छन् । पराक्रम र प्रतिष्ठा बढ्नेछ । मेहनतको साथ गरीएको काममा प्रगति हुनेछ । साझेदारीका काममा प्रगति र धन लाभ हुनेछ । दाम्पत्य जीवन र प्रेम सम्बन्धमा सकारात्मक प्रगति हुनेछ । व्यक्तित्व र आकर्षणमा वृद्धि हुने सम्भावना छ ।
मकर राशि
धनको भाव र पञ्चमेश धन भावमा बसेका छन् । यस राशि परिवर्तनको कारण व्यक्तित्व, आकर्षणमा राम्रो वृद्धि हुनेछ । दाम्पत्य जीवन र प्रेम सम्बन्धमा प्रगति हुनेछ । परिवार तथा सन्तानको उन्नतिले मन प्रसन्न रहनेछ। कार्य क्षमता, सामाजिक हैसियत र प्रतिष्ठामा वृद्धि हुनेछ । सिकाइ, अध्यापन र बौद्धिक क्षमताको वृद्धि हुनेछ । मनमा सकारात्मक विचार बढ्नेछ ।