राहु ३ राशिको बेहाल गर्दै, यस्ता उपायले पाउन सकिन्छ छुटकरा !

राहु वैदिक ज्योतिषमा नौ ग्रह मध्ये एक हो। तर यसको भौतिक अस्तित्व छैन। तर ज्योतिषको दृष्टिकोणले यसलाई विशेष महत्वको मानिन्छ। शनि पछि, राहु ग्रहलाई सबैभन्दा सुस्त गतिको ग्रह मानिन्छ। यसको राशि परिवर्तन हुन करिब डेढ वर्ष लाग्छ। अहिले यो ग्रह वृष राशिमा गोचर गरिरहेको छ तर अप्रिल १२ बाट मेष राशिमा गोचर सुरु हुनेछ। जान्नुहोस् कुन राशिका व्यक्तिहरूले यो पारगमनबाट समस्यामा पर्नुहुनेछ।

मेष राशि 

यस राशिको पारिवारिक र व्यावसायिक जीवनमा उथलपुथल हुनेछ। यस समयमा तपाईंले आफ्नो जागिर गुमाउन पनि सक्नुहुनेछ। तपाईंलाई यो अवधिमा कुनै पनि प्रकारको लगानी नगर्न र सबै कुरामा सावधान रहन आवश्यक रहेको छ। बोलीमा संयम राख्नुहोला। तपाईं यस समयमा अलिकति भ्रमित र विचलित हुनुहोला। यस अवधिमा तपाईंको स्वास्थ्यमा समस्या आउने सम्भावना छ। तपाईंको खर्च अचानक बढ्न सक्छ।

समाधानको उपाय: लगातार चार शनिबार जौलाई माटोको भाँडोमा भरेर बग्ने पानीमा प्रवाहित गर्नुहोस्।

वृष राशि 

यस समयमा ततपाईं भ्रमित महसुस गर्न सक्नुहुन्छ। हतारमा कुनै पनि निर्णय लिनु हुँदैन, अन्यथा समस्यामा पर्न सकिन्छ। व्यवसायीले घाटा व्यहोर्नु पर्ने हुनसक्छ। कुनै पनि काम सोचेर गर्नु भयो भने अवश्य लाभ मिल्नेछ। नयाँ साथी बनाउँदा सावधान रहनुहोस्। सवारी चलाउँदा होसियार हुनुहोस्।

समाधानको उपाय: हरेक दिन निधारमा चन्दनको तिलक लगाई घरबाट निस्कनुहोस्।

कन्या राशि 

यस अवधिमा तपाईंले भ्रमको महशुस गर्न सक्नुहुन्छ। कार्यक्षेत्रमा तपाईंको उच्च-पदाधिकारीसँग विवाद पनि हुन सक्छ। यस अवधिमा तपाईंले स्वास्थ्य सम्बन्धि समस्याहरूको सामना गर्न सक्नुहुन्छ। व्यावसायिक जीवनमा सफलता पाउनको लागि कडा परिश्रम गर्नुपर्ने हुन सक्छ। यस अवधिमा आर्थिक लेनदेन गर्दा सावधान रहन सल्लाह दिइन्छ।

समाधानको उपाय: सेतो चन्दनको तिलक निधारमा दैनिक लगाउनुहोस्।

प्रकाशित : शुक्रबार, चैत १८, २०७८१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत १९ गतेको राशिफल: शनिबार खुसीले भरिनेछ यी राशिको जीवन, हुनेछ चौतर्फी प्रशंसा !