बलिउड अभिनेत्री अनन्या पाण्डेले छोटो समयमै नै बलिउडमा नाम कमाउन सफल भएकी छिन् । अभिनेत्रीलाई जति उनको अभिनयको कारण चिनिन्छ, त्यो भन्दा पनि उनी आफ्नो क्रियाकलाप कारण ट्रो:ल हुने गर्दछिन् । हालै उनले एक कम्पनीबाट सित्तैमा कार माग्न थालेपछि सलमान खानले मिडियाको अगाडि उनको खिल्ली उडाएका छन् । यो पूरै घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
अनन्या पाण्डे हालै भारतको आइफा अवार्डको पत्रकार सम्मेलनमा देखिएकी थिइन्, जहाँ उनीसँगै सलमान खान पनि थिए । यस अवसरमा होस्ट मनिष पलले सलमान खानलाई यो वर्षको अवार्ड समारोहबाट डेब्यु गर्न लागेकाले कुनै सुझाव दिन आग्रह गरे । त्यसमा सलमानले अनन्याले भनेको कुरालाई उठाउँदै भने ‘स्पो-न्सरलाई सोध्नुस् कार सित्तैमा पाउनु हुन्छ कि हुँदैन ?’
अनन्या पाण्डेले सलमानको मजाकलाई गम्भीरतापूर्वक लिएको जस्तो देखिन्थ्यो । उनी आइफाका प्रायोजकहरूबाट नि: शुल्क कार माग गरेकी थिइन् जुन नेक्सा कम्पनी हो। भिडियोमा अभिनेत्री भन्छिन्, ‘नेक्सा कम्पनी के म कार सित्तैमा पाउन सक्छु ?’ त्यसपछि सलमानले मजाक गर्दै भन्छन् ‘चंकी पाण्डेको छोरी हो र बुबापट्टि गएकी छिन् ।’ सलमानले यति भनेपछि त्यहाँ उपस्थित सबै हाँस्न थाले ।