बलिउडका अभिनेता सैफ अली खान ४ सन्तानका पिता हुन् । रमाइलो कुरा के छ भने सैफले २० वर्षदेखि हरेक दशकमा एउटा बच्चा जन्माएका छन् । करिनाले श्रीमान् सैफ अली खानको रमाइलो कुराको खिल्ली उडाएकी छिन् । सैफ आफैँले पनि यसबारे प्रतिक्रिया दिएका छन् । करीना कपूर खानले आफ्नो एक अन्तर्वार्तामा बताएकी छिन् कि उनले सैफलाई ६० वर्षको उमेरमा बच्चा नजन्माउने चेतावनी दिएकी छिन् ।
सैफको अभिभावकत्वमा के भनिन् करीना ?
एक सामाजिक सञ्जालसँगको कुराकानीमा करीना कपुरले भनिन्- ‘सैफले हरेक दशकमा एउटा बच्चा जन्माएका छन् छ। – २०, ३०, ४०, ५० को दशकमा, मैले सैफलाई भनेको छु, यो तिम्रो ६० को दशकले काम गर्दैन। मलाई लाग्छ सैफजस्तो खुला विचारधारा भएका व्यक्ति विभिन्न चरणमा चार सन्तानको पिता बन्न सक्छन् ।
उनले आफ्नो समय सबै बालबालिकालाई दिन्छन् । अब जेहसँग हामी सन्तुलन कायम गर्ने प्रयास गरिरहेका छौँ हामीले एउटा सम्झौता गरेका छौँ जुन बेलामा शैफ सुटिंङमा हुन्छन् त्यो समयमा उसको सबै काम गर्ने प्रयास गर्छु । त्यस्तै जब म काम गर्छु, सैफ घरमै बस्नुपर्छ ।’
सैफ अली खान चार सन्तानका पिता हुन्
सैफ अली खानको पहिलो पत्नी अमृता सिंह हुन् जसबाट उनको सन्तानको रुपमा सारा अली खान-इब्राहिम अली खानका दुई सन्तान छन्। सैफका करिना कपुर खानबाट पनि दुई सन्तान रहेका छन् तैमुर अली खान र जहाँगीर अली खानका दुई सन्तान छन्। सैफ र करिनाले गत वर्ष मात्र जहाँगीरलाई जन्म दिएका थिए ।
यो जोडीले सन् २०१२ मा विवाह गरेका थिए । तैमुरको जन्म सन् २०१६ मा भएको थियो । सारा अली खान र जहाँगीरबीच २५ वर्षको अन्तर छ । करीना भन्छिन् कि सैफले आफ्ना सबै छोराछोरीलाई ध्यान गुण छ। जुन असल बुबा हुनुहुन्छ।