सञ्चारमन्त्रि ज्ञानेन्द्र: अबको १० वर्षमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउनु पर्छ !

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव कार्यक्रममाको अवसरमा बोल्दै आगामी १० वर्षसम्ममा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका लिएर सरकार अघि बढेको बताएका छन् ।

बिहीबार आयिजित रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अबको १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको हुँदा यसमा सबै नेता जनताको साथ र सहयोग आवश्यक रहने बताएका छन् ।

सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै अहिले देशले राजनीतिक परिवर्तनसहित उपलब्धि हासिल गरेको र अब सबै जना विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताएका छन् । संविधानले नागरिक अधिकार सुनिश्चित गरिसकेको र अब अब देशको विकास र समृद्धितर्फ लाग्नु पर्ने कार्कीले बताएका छन् ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय !